काठमाडौं– महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जुवा खेल्ने १३ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका ६, नयाँबस्तीस्थित पूर्वेली गेस्ट हाउसबाट जुवा खेलिरहेको अवस्थामा गेस्ट हाउस सञ्चालक धादिङ धार्केका श्रीराम कार्कीसहित १३ जनालाई नगद ५ लाख ३१ हजार ४ सय ८० र १६ थान कौडासहित प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।