• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सिक्लेसबाट भद्रसिंहको प्रश्न– प्रचण्ड बाबु, खोइ त स्विट्जरल्यान्ड?

\'प्रचण्डभन्दा बाबुराम असल कुरा गर्थे\'
64x64
नेपाल लाइभ सोमबार, मंसिर १७, २०७५  १०:३०
1140x725

सिक्लेस- माओवादी 'जनयुद्ध'को करिब अन्तिम समय। सिक्लेस मात्र नभएर सम्पूर्ण देश नै त्रसित थिए। माओवादीका शीर्ष नेतासँग सिधै बातचित हुनु त परको कुरा नामै सुनेर पनि थर्कमान हुने अवस्था थियो। यस्तो बेला माओवादी र सरकार पक्षबीच वार्ता हुँदै थियो। 

भूमिगत आन्दोलन छाडेर माओवादी पार्टी कास्कीको सिक्लेसमा पहिलो पटक सार्वजनिक भयो। २०६३ असार २ गते माओवादीका शीर्ष नेता पुष्पकमल दाहाल 'प्रचण्ड' र बाबुराम भट्टराई त्यहाँबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग वार्ता गर्न बालुवाटार उडेका थिए। प्रचण्ड र बाबुरामलाई लिन आएका थिए, गृहमन्त्री कृष्णप्रसाद सिटौला।

त्यतिबेला सिक्लेसमा दुवै पक्षबीच वार्ता गर्न सहजकर्ताको भूमिका निर्वाह गरेका थिए, ८२ वर्षीय भद्रसिंह गुरुङले।

000

चाउरिएका गाला र थरथर्राहट हिँडाइबीच अहिले पनि गुरुङ खुलेरै कुरा गर्छन्। भर्खर भारतीय सेनाबाट ‘रिटायर्ड’ जीवन बाँच्न गृहस्थान फर्किएका उनी माओवादी र सरकार पक्षबीचको युद्ध चपेटामा परे। गाउँमा अलि टाठोबाठो र निर्भीक उनै थिए। सबै माओवादीको त्रासमा थिए। उनी भने ‘मरेँ पनि मरुँला’ भन्दै बाहिर निस्किएका थिए। अहिले गर्वसाथ भन्छन्, ‘ज्यानको बाजी लगाएर सेनाको जागिर खाएको थिएँ। मर्नलाई त के को डर?’

पहिलोपटक प्रचण्ड गाउँमा आएको थाहा पाएर फूलमालासहित भेट्न जाँदा उनीहरु नभेटिएको गुरुङ सम्झन्छन्। 

‘जेठको अन्तिम महिनातिर तुँवालो लागेको थियो। गाउँमा उनीहरु आएको थाहा पाएँ। फूलमाला लिएर स्वागत गर्न गएको कता हराए थाहा भएन,’ उनी प्रचण्ड र बाबुरामसँगको पहिलो भेटबारे सम्झन्छन्, ‘पछि पो थाहा भयो। उनीहरु त माथि घर पो आइपुगेका रहेछन्।’ अहिलेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को भवनमा माओवादी नेता बास बसेको उनले सुनाए।

Ncell 2
Ncell 2
nimb
nimb

एक्याप अफिस पहिल्यै बनेको थियो। त्यसमा कर्मचारी पनि नभएका होइनन् तर माओवादी कार्यकर्ताले सबैलाई त्यहाँबाट लखेटे। गुरुङका अनुसार त्यहाँ भएका कागजपत्रसमेत बाहिर ल्याएर जलाएपछि मात्रै प्रचण्ड र बाबुराम बास बसेका थिए। ‘त्यहाँ बस्दा उनीहरुलाई आवश्यक पर्ने लुगा र ओड्ने/ओछ्याउने मैले नै व्यवस्था गरेको थिएँ,’ गुरुङ भन्छन्।

तत्कालीन माओवादी नेताहरु शान्ति प्रक्रिया क्रममा सार्वजनिक हुन सिक्लेस आएको भन्ने कसैलाई थाहा थिएन। गुरुङलाई पनि थाहा हुने कुरा भएन। माओवादीहरु त्यहाँ बस्दासम्म सम्पूर्ण गाउँलेले त्रासको जीवन बिताए। भन्छन्, ‘हामी कसैलाई माओवादी वार्ता गर्न यहाँ आएको भन्ने थाहा थिएन। ‘१० दिन बस्छौं’ भनेका थिए। ८ दिनमै फर्किए।’ बस्ने समयभन्दा पहिले नै किन फर्किए भन्नेबारे भने उनी अनभिज्ञ छन्।

ती नेताहरुले गाउँलेलाई कहिले एउटै मात्रामा खानाको 'अर्डर' नदिने गरेको गुरुङको तितो अनुभव छ। ‘कहिले ४ जनाको भन्थे कहिले १० जनाको। पकाएन भने थर्काउँथे,’ उनी सुनाउँछन्। 

Xtrem

Xtrem

उनीहरुलाई चाहिने काठदाउरा नजिकैको जंगलबाट गाउँलेले नै काटेर ल्याइदिन्थे। गाउँको तीन क्षेत्रमा माओवादी कार्यकर्ता तैनाथ भएर बसेका हुन्थे। गुरुङ मात्रै उनीहरुका भरपर्दा मान्छे भएकाले प्रचण्ड र बाबुरामसम्म पुग्ने बाटो खुल्ला थियो। 

मलाई बा भन्थे
भद्रसिंह गुरुङको नजरमा प्रचण्डभन्दा बाबुराम असल थिए। ‘भन्न त दुवैले मलाई बा भन्थे। तर प्रचण्डभन्दा बाबुराम असल कुरा गर्थे,’ उनी सम्झन्छन्। 

त्यतिबेला गाउँमै रहेको विद्यालयको व्यवस्थापन समिति अध्यक्ष थिए गुरुङ। हुलाक प्रतिनिधि, गाविसका सचिव नभएकाले त्यसको पनि जिम्मेवारी सम्हालेका थिए। गाउँका सबै मान्छे त्रसित अवस्थामा रहेकाले उनलाई सबैतिर भ्याइनभ्याई थियो।

गुरुङलाई माओवादीले नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाएका थिए। उनीहरु नै लागेर त्यहाँका विद्यार्थीलाई पढाउन थाले। उनी अध्यक्ष हुँदा दुई वर्षसम्म स्कुलको एसएलसी नतिजा शून्य थियो। ‘म अध्यक्ष भएपछि गाउँलेहरुले ‘स्कुल अझै बिग्रिने भो’ पनि भनेका थिए। तर त्यही वर्ष नै पाँच जना विद्यार्थी पास भए,’ उनी भन्छन्, ‘पढ्नु भनेको एसएलसी पास गर्नु पो रहेछ। पछि धेरैले पास गर्न थाले। त्यहाँ मैले ६ वर्ष कार्यकाल सम्हालेँ।’ स्थानीय अम्बर गुरुङ र जितबहादुर गुरुङले पनि उनलाई चिन्ने र सबैले ‘बा’ भन्ने गरेको बताए।

ठूला मान्छेलाई 'डाउन' गरे
गाउँमा ठूला मान्छेको रवाफ अर्कै हुन्थ्यो। माओवादी भूमिगत भएर संघर्ष थालेको पनि त्यही विषयमा समानता हुनपर्छ भन्ने थियो। सिक्लेसमा पनि उनीहरुले त्यही कुराको अभ्यास गरेका थिए। त्यस कार्यलाई भने गुरुङ सकारात्मक मान्छन्। 

‘माओवादीले त राम्रो गरेको हो नि, त्यसको क्षतिपूर्ति तिर्दातिर्दा गाउँलेलाई नै हैरान बनाएर पो त,’ गुरुङ भन्छन्। 

गाउँमा भएका अन्य पार्टीले विकास कार्य गर्न नसक्दा नै माओवादी भित्रिएको उनको कथन छ। ‘राप्रपाले कुरा टुंग्याउनै सकेन। कांग्रेसले गोजीमा हालेर खर्चै गरेन। एमाले मान खोजेर हिँड्यो,’ गुरुङ भन्छन्, ‘गाउँका मान्छेले माओवादीलाई तलब बुझाउँदाबुझाउँदा केही गर्न सकेनन्। माओवादी त्यतिबेला सबै ठूलामान्छेलाई ‘डाउन’ गरिदियो।’ 

माओवादी र विपक्षबीचको गुरुङको एउटा राम्रो सम्झना छ। त्यतिबेला माओवादीले गाउँकै प्रधानपञ्चलाई बैठकमा बोलाएका रहेछन्। तर, उनी आइदिएनन्। पछि उनको घरका सबै भाँडा गायब पारिदिएछन् माओवादीले। ‘बैठकमा आऊ भनेर राम्रैसँग सम्झाएर भनेको थिएँ। आएन। पछि उसको घरको सबै सामान कताकता लगिदिएछन्,’ उनी हाँस्दै पुरानो दिन सम्झन्छन्। 

क्षतिपूर्ति बेहोरेँ
माओवादी त्यहाँ बस्दासम्म भद्रसिंहको पनि रवाफ बढ्यो। माओवादीले अह्राएका काम मनले वा बाध्यताले भए पनि सबै गरे। पछि उनीहरु फर्किएपछि भने गुरुङमाथि केरकार सुरु भयो। ‘माओवादीले यहाँ बसेको बेला पुर्‍याएको नोक्सानको मैले क्षतिपूर्ति तिर्नुपर्ने भो,’ उनी सुनाउँछन्। 

माओवादीलाई चाहिले काठदाउरा नजिकैको वनबाट ल्याउने गरेका थिए गाउँलेले। त्यो वन ‘एक्याप’ क्षेत्रभित्र पर्थ्यो। त्यसैको क्षतिपूर्ति तिर्ने गुरुङको पोल्टामा आयो। त्यसबाहेक माओवादी कार्यकर्ताले प्रयोग गरेको हराएको लुगाफाटाको क्षति पनि उनैले तिर्नुपर्ने भयो।

गुरुङ पर्समा राखिराखेको पुरानो रसिद देखाउँदै भन्छन्, ‘मैले एक हजार रुपैयाँ क्षतिपूर्ति तिरेँ। गाउँलेले नहराएको कपडा पनि हरायो भन्दै क्षतिपूर्ति माग्न आए।’ त्यसबेला भएको नोक्सानको अन्य क्षतिपूर्ति भने स्थानीय आमा समूहले तिरेको उनी बताउँछन्। 

भांग्रा लगादिएँ, बख्खु ओढाइदिएँ
माओवादी र सरकार पक्षबीच वार्ता हुने भयो। हेलीमा चढेर तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला सिक्लेस आए। हेलिकप्टर अवतरण भएको ठाउँ देखाउँदै गुरुङले भने, ‘गृहमन्त्री सिटौलालाई लिन म तलै पुगेँ।’ 

तर गाउँलेलाई थाहा थिएन, को आएको भन्ने। तर गुरुङले सूचना पाएका थिए। केही समय उनीहरुबीच वार्ता भयो। थप सहमतिका लागि माआवादी शीर्ष नेता काठमाडौं जानुपर्ने भयो। सबै गृहमन्त्रीकै हेलीमा चढ्न हिँडे।

‘मैले नै सबैलाई बिदाइ गर्न हिँडेको थिएँ। प्रचण्ड र बाबुरामलाई भांग्रा लगाइदिएँ, बख्खु ओढाइदिएँ,’ गुरुङ माओवादी प्रधानमन्त्रीसँग वार्ता गर्न उडेको दिन सम्झन्छन्, ‘१० वर्ष जंगलमा लुकेका मान्छेहरु बाहिर आउँदा त खुसीले पो हो लगाइदिएको तर यहाँका जनताले 'त्यो माओवादीले तँलाई के दिएको छ र लगाइदिएको' पनि भने।’

वार्ता गर्न काठमाडौं आउनुअघि बाबुराम र प्रचण्डलाई गुरुङले ‘प्रधानमन्त्री हुनुस्, शासन चलाउनुस्, ठूलो मान्छे हुनुस्’ भनेर आशीर्वाद दिएका रहेछन्। हेलीमा चढ्नुअघि गुरुङसँग एउटा वाचा गरेका थिए, ‘तपाईंको सिक्लेसलाई हामी स्विट्जरल्यान्ड बनाइदिन्छौं।’ 

सिटौलाको साथ लागेर बाबुराम र प्रचण्ड असार २ गते काठमाडौंका लागि उडे। त्यसपछि अहिलेसम्म उनीहरु फर्किएनन्, न त सिक्लेस स्विट्जरल्यान्ड नै भयो।

प्रचण्डलाई प्रश्न 
गुरुङले नै शान्ति प्रक्रियामा जान सिक्लेसबाट खुल्ला गरिदिएका प्रचण्ड र बाबुराम दुवै प्रधानमन्त्री भए। शासक भए। तर देशको अवस्था फेरिएन। बरु उनीहरु नै फेरिए। उनीहरु फेरिए पनि ती नेताले आफूलाई अझै चिन्ने कुरामा गुरुङ विश्वस्त छन्। उनलाई लाग्छ, ‘घर परिवार सम्हाल्न त गाह्रो छ। देश सम्हाल्न गाह्रो त भइहाल्छ नि।’

गुरुङ अहिलेसम्म सिक्लेस नफर्किएका दुवै नेता एकदिन जरुर फर्किनेमा पनि ढुक्क छन्। भन्छन्, 'एकदिन जरुर आउनेछन्।'

अब २४ मंसिरमा प्रचण्ड सिक्लेस आउँदैछन्। उनी सार्वजनिक भएको सम्झनामा सिक्लेसमा मादी गाउँपालिकाले शान्ति स्तम्भ तयार गरेको छ। भद्रसिंहको आँगनको डिलमुन्तिरै बनेको छ स्तम्भ। 

प्रचण्डसँग फेरि भेट हुनेमा आशावादी मात्रै होइन आफूलाई अझै चिन्ने कुरामा गुरुङ विश्वस्त छन्। भन्छन्, ‘प्रचण्डलाई एउटा प्रश्न सोध्नेछु। बाबुऽ खोइ त हाम्रो सिक्लेसलाई स्विट्जरल्यान्ड बनाएको?’ यति भन्दाभन्दै पनि भद्रसिंह फेरि मुस्कुराए। भन्न भ्याइहाले, ‘घर परिवार सम्हाल्न त गाह्रो छ। देश सम्हाल्न गाह्रो त भइहाल्छ नि।’

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०७५  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्