बुटवल– सिद्धार्थ राजमार्ग अन्तर्गतको तानसेन–बुटवल सडकखण्ड मर्मतका लागि आजदेखि ३ दिन बन्द गरिएको छ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि सडक बन्द गरी मर्मत थालिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।
तानसेन–बुटवल सडक खण्डको भूतखोलादेखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेका ठूला ढुंगा फुटाएर हटाउनुपर्ने भएकाले ३ दीनका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म बाटो बन्द गरिएको सडक डिभिजन कार्यालय, पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए।
अपराह्न ५ बजेसम्म सडक मर्मत हुने भएपछि यो सडक खण्डको आवागमन प्रभावित हुने भएको छ। त्यसका लागि वैकल्पिक उपाय सोच्नका लागि कार्यालयले सबैमा आग्रह गरेको छ। एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधन भने चल्न पाउने छन्।
यो सडकखण्डको अवस्था दयनीय भए पनि लामो समयदेखि स्तरोन्नति हुन सकेको छैन। सडकको दुरावस्थाकै कारण यात्रुहरुको सवारी दुर्घटनामा परी बर्सेनि ज्यान गुमाउनु परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।