काठमाडाैं– ललितपुरको एकान्तकुनामा गएराति भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। महानगरीय ट्राफिक प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो।
कँडेलले चलाएको बा९४प ६१९७ नम्बरको स्कुटर गएराति साढे ९ बजे दुर्घटना भएको हो। सडकमा लडिरहेको अवस्थामा भेटिएका कँडेललाई बा१६च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल जावलाखेल पुर्याएका थिए।
उनको उपचारको क्रममा राति १० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।