काठमाडाैं– प्रधानमन्त्री केपी ओलीलाई ‘एसिया प्यासिफिक समिट’मा युनिभर्सल पिस फाउन्डेशनले एक लाख डलरकाे सुशासन पुरस्कार प्रदान गरेकाे छ।
नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्री ओलीलाई सो पुरस्कार प्रदान गरिएको हो। प्रधानमन्त्री ओलीले सो पुरस्कारको राशी नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन्।
कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले कार्यक्रमबारे अनावश्यक टिप्पणी नगर्न पनि सबैलाई अाग्रह गरे।
उनले शान्ति, उन्नति र विकासमा साझा धारणा रहेकाले आफू सो कार्यक्रममा उपस्थित भएको स्पष्ट पारे। उनले सो संस्थाले सबैका लागि उपलब्धि हासिल गराउने उद्देश्य लिएको विश्वास समेत व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।