काठमाडाैं– एकिकृत राष्ट्रिय प्रजातन्त्रष पार्टी (राष्ट्रवादी)ले पनि ‘एसिया प्यासिफिक समिट'मा सरकार आफैं सहभागी भएकोमा आपत्ति जनाएको छ।
पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यका साथ आयोजना गरेको भनिएको सो समिटमा नेपाल सरकार आफैं सहभागी भएकोमा आपत्ति जनाएको हो।
अध्यक्ष लोहनीले धर्म र व्यापारिक धन्दामा लागि परेकाहरु संलग्न रहेको सो समिटमा सरकारले किन २ करोडभन्दा बढी खर्च गरेको भनि प्रश्न समेत गरे। समिटमा सहभागी भएकाहरूलाई स्वागत गर्न उपप्रधानमन्त्री आफैं विमानस्थल पुग्नुलाई पनि उनले अस्वभाविक भएको टिप्पणी गरे।
कोरियन धर्मगुरु हाक जा हान मुनले सो सम्मेलनको उद्घाटन सत्रमा ‘जिसस क्राइष्टकी एक्ली छोरी’ भनेर सम्बोधन गरेपछि सो कार्यक्रम विवादित बन्न पुगेको छ।
सोही कार्यक्रममा प्रधानमन्त्री केपी ओली आफैं सहभागी भएकोमा अध्यक्ष लोहनीको आपत्ति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।