काठमाडाैं– कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन भएको छ।
हत्याको ४ महिना बितिसक्दा पनि सरकारले दोषीलाई कानुनको कठाघारमा ल्याउन नसकेको भन्दै सरकारलाई दबाब दिन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको जनसम्पर्क मञ्च केन्द्रीय समन्वय समितिले प्रदर्शन गरेको हो।
काठमाडौंको शान्तिबाटिकामा भेला भएका जनसम्पर्क मञ्च नेता कार्यकर्ताले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।
निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै राजधानी लगायत देशका विभिन्न शहरहरुमा दिनहुँजसो प्रदर्शन भइरहेका छन्। पछिल्ला केही प्रदर्शन राजनीतिक दल, दलका युवा संगठनहरुले गर्दै आएका छन्।
आज काठमाडौंमा प्रदर्शन गरेको विप्लव नेतृत्वको नेकपाले सरकारले बलात्कार र हत्यामा संलग्नलाई कारबाही नगरे आफ्नो पार्टीले गर्ने भन्दै चेतावनी समेत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।