काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले सहसचिव डा तारानाथ पौडेललाई घुससहित पक्राउ गरेको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा पौडेललाई एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
पौडेलले 'लोकसेवा आयोगमा जागिर लगाइदिन्छु' भनेर घुस लिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।