• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

\'सरकारबाट जनता आजित छन्\'

64x64
नेपाल लाइभ आइतबार, मंसिर १६, २०७५  २०:१२
1140x725

सरकारको नौ महिने कार्यकाल पूरा भएको छ। यस अवधिमा सरकारले जनअपेक्षा अनुसारका काम भन्दा पनि जनताबाट आलोचित हुने काम बढी गरेको देखिन्छ। जनतालाई राहत हुने काम हुन सकेनन्। अब चाँहि सरकारले जनतालाई राहत हुने काम गर्ला भन्ने संकेत पनि देखाएको छैन। 

प्रधानमन्त्रीले केही गर्न खोजेजस्तो देखिए पनि उहाँलाई स्वास्थ्यले बाधा पुर्याइरहेको छ। चाहेर पनि सक्रियतापूर्वक काम गर्न सक्नु भएको छैन। वर्तमान मन्त्रिमण्डलका सदस्यहरूमा कार्यकौशल देखिएन।

सरकार बन्दै गरेको समयमा मन्त्रिमण्डलमा परेका व्यक्तिहरु सर्वगुणसम्पन्न भन्दै प्रचारबाजी पनि भए । तर प्रशंसा गर्नुपर्ने कुनै कारण मैले चाँहि देखिँन। मन्त्रिमण्डल पुर्नगठन हुने सम्भावना छ। नयाँ व्यक्ति मन्त्री भएर आउँदै नयाँ हुन्छ भने पनि यो विषय नयाँ होइन। 

सरकारका लागि पाँच वर्षे अवधि लामो हो। तर जनअपेक्षाका काम गर्न वर्तमान सरकार सफल होला कि नहोला भन्ने शंका छ। यदि सरकारले जनअपेक्षा अनुसार गरेन भने चार वर्षपछि कांग्रेस पुनः सरकारको नेतृत्व गर्न पुग्छ।

कांग्रेस पहिलो दल बन्न सरकारका कदमले ‘प्लस प्वाइन्ट’ हुन्छ। तर सत्तारुढ दलका क्रियाकलापले भन्दा कांग्रेस आफ्नै बलबुताले सरकारमा पुग्नुपर्छ। कांग्रेस अब यो दिशामा अघि बढ्छ।  

यो सरकारका कामबाट जनता आजित भइसकेका छन्। सरकार आफूभित्रैका समस्याले अल्झिएको छ। जनतामा सरकारप्रति आक्रोश बढिरहँदा प्रतिपक्षी दलले आवाज शसक्त बनाउन सकेको छैन। नेकपा सरकारले जनतामा वितृष्णा जगाएको छ। जनता रुष्ट भइसके। 

एकताभित्र रुमलिएको नेकपा
दुई पार्टीबीचको एकीकरण प्रक्रिया टुगिंन धेरै समय लाग्छ। मधेसी दलहरुमा पनि भावनात्मक एकता हुन सकेको छैन। महन्थ ठाकुरलाई एक्लाइएको छ। मधेसी जनता त्यहाँका पार्टीसँग रुष्ट छन्। मधेस कांग्रेसको आधारभूमि हो। फेरि पनि मधेसमा कांग्रेस नै अन्तिम विकल्प हो।

सत्तारुढ दुई पार्टीको एकता प्रक्रिया सहजै सकिने अवस्था देखिँदैन। यी दुई पार्टीको एकता समापन हुन आगामी महाअधिवेसनसम्म नै कुर्नुपर्छ। पूर्व एमालेका नेताहरूसँग प्रचण्डको समूह बन्न सक्ने पनि देखिँदैन। रामवीर मानन्धर प्रकरणमा प्रचण्ड कुन रुपमा असफल देखिए? आफैले प्रस्ताव गरे, आन्तरिक तथा वाह्य विरोधपछि मानन्धरको राजीनामा स्वीकृत भएन।

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डका सपना 
सरकारको नेतृत्व तीन वर्षपछि प्रचण्डले लिने अलिखित सम्झौता भएको हल्ला सुनिएको छ। प्रधानमन्त्रीको पद प्रचण्डले लिने प्रयत्न होला तर त्यो प्रयास निरर्थक हुन्छ। महाधिवेशनबाट प्रचण्ड अध्यक्ष बन्न सक्ने संभावना निकै न्यून छ। आफ्नो गुटलाई समानान्तर रुपमा अगाडि बढाएका माधव नेपालले उनलाई ठाँउ खाली गर्देलान् र?

शान्ति प्रक्रियामा प्रवेश गरेपनि माओवादीमा युद्धकालीन धङ्धङी कायम थियो। शान्ति प्रक्रिया शुरु भएपछि पनि पुरानो सोच रहेकोले उसका गतिविधिप्रति सार्वजनिक मञ्चहरूमा प्रतिवाद गर्दै आएको थिएँ। हत्याको राजनीतिक पृष्ठभूमिबाट आएको शक्तिलाई अहिले पनि उतिकै आलोचना गर्छु।
 
विगतमा जुन आश्वासन र राजनैतिक एजेन्डा लिएर माओवादी लडेका थिए। त्यो माओवादी अब बाँकी रहेन। पूर्व एमाले र पूर्व माओवादीको एकता पदलोलुपताको लागि हो।

नेकपामा विभाजन हुने निश्चित छ। प्रचण्डले ४० प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा पार्न नसकेका कारण विभाजन हुने निश्चितप्राय छ। पूर्व माओवादी नेकपालाई ४५ प्रतिशत भागबन्डा दिएर मिलाउन खोजिँदैछ।

तर, पूर्व माओवादीको हैसियत ४० प्रतिशत प्राप्त गर्ने पनि होइन। बादलदेखि मातृकासम्म विभाजन पछि जोडिएका नेताहरु हुन्। पूर्व माओवादी भएर पनि उनीबीच आपसी एकता छैन। नारायणकाजीको आफ्नै लाइन छ। 

Xtrem

Xtrem

पूर्व माओवादीका घटकहरु प्रचण्डकै हुनसक्छन भन्ने हुँदैन। केपी शर्मा ओलीतिर पनि जान सक्छन्। प्रचण्ड पार्टी विभाजन गर्न पनि नसक्ने र त्यसैमा रहिरहन पनि नसक्ने आँकलन गर्न सकिन्छ। उनको स्वार्थको सपना सपनामै टुगिंन्छ।

मनोनित गर्ने अधिकार कटौती गर्नुपर्छ 
केन्द्रीय समितिमा छलफलका क्रममा रहेको विधान मिहिन ढंगले मैले अध्ययन गरिसकेको छैन। प्रस्तुत भएकै विधान पारित हुने सम्भावना पनि छैन। सभापतिलाई २५ प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिनुहुँदैन। बढीमा १० प्रतिशत सदस्य मात्र मनोनित गर्ने अधिकार सभापतिलाई विभाजन गर्नु उचित हुन्छ। 

केन्द्रीय सदस्यको संख्या बढेसँगै पदाधिकारी पनि बढाउँदा राम्रो हुन्छ। पदका आकांक्षी बढेर पदाधिकारी बढाउनुपर्ने होइन। बढाउनुपर्ने आवश्यकता नै हो। विद्यमान व्यवस्थाले पार्टी जुझारु भएर चल्दैन।

देउवा पक्षका नेतालाई व्यवस्थापन गर्ने समस्याको विषय होइन, पौडेल पक्षका नेतालाई व्यवस्थापन गर्नका लागि थप्न पदाधिकारी बढाउन प्रस्ताव गरेको पनि भनिन्छ। पदको लोभ भन्दा पनि समायानुकुल पदाधिकारी बढाउनुपर्ने अवस्था हो। संगठनलाई क्रियाशील बनाउन पदाधिकारी बढाउनु पर्छ। यो आवश्यकता पनि हो। 

मसिंर २८ गतेदेखि पुस ३ सम्म हुने महासमिति बैठकले पार्टीको नीतिमा गम्भीर छलफल गर्नेछ। मूलतः तीन कुरामा व्यापक बहस हुनेछ। ग्रामीण क्षेत्रमा कांग्रेसको गतिविधि, पार्टी पङ्तिको परिचालन, राजनीतिक निर्णय तथा पार्टीमा सुधार गर्नुपर्ने विषयमा छलफल हुनेछ।

कांग्रेसमा देखिएका समस्या र निराकरणका लागि विधि र विधान बनाएर अब कांग्रेस अघि बढ्छ। केन्द्रीय समितिको संख्या पनि बढ्छ। कांग्रेसभित्रको आन्तरिक मजबुती वा चलखेल पुसपछि मात्रै थाहा हुन्छ। त्यसपछि पार्टी कुन रुपमा प्रस्तुत हुन्छ अनि मात्रै कांग्रेसको भविष्य आँकलन सकिन्छ।

आन्तरिक रुपमा कांग्रेस एक हुन नसकेको यथार्थ हो। महासमिति बैठकपछि जिल्ला-जिल्लामा कसरी गति लिन्छ त्यसमा निर्भर हुन्छ। पार्टीका असन्तुष्टि महासमिति बैठकमा पेस हुन्छन्। कम्युनिस्ट पार्टी जस्तो नभएकाले कांग्रेसका विवादहरु स्पष्ट रुपमा बाहिर आउँछन्। असन्तुष्टि बाहिर ल्याउन दिनु नै लोकतान्त्रिक पद्दति हो। मतान्तर देखिन्छन्। तर, पराजित पक्षले हार स्वीकार गरी बहुमतको सम्मान गर्नुपर्छ। 

महासमिति बैठकअघि विवाद अझै चर्केर जाने देखिन्छ। महासमिति बैठक लगत्तै विवादहरू समाधान हुँदै जानेछन्। विधान संसोधनको टुंगो नलागेसम्म मतभेद देखिनु स्वभाविक हो। संसोधित विधान सबैले मान्नुपर्छ। 

प्रस्तावित केन्द्रीय समितिको आकार ठूलो होइन। प्रादेशिक संरचनाअनुसार संगठन बन्दा केन्द्रीय समितिको आकार पनि ठूलो मान्नु हुँदैन। क्रियाशील सदस्यताको दुरुपयोग भएकाले हटाउने बहस पहिलेदेखि चल्दै आएको हो। तर, क्रियाशील सदस्यताको प्रक्रिया हटाउनु हुँदैन। दुरुपयोग भएको छ भने त्यसलाई निरुत्साहित गर्नुपर्छ।

महासमितिमा संस्थापन र अर्को समूह स्पष्ट देखिनेछन्। दुबै समूहबीच बहस हुन्छ। एउटा समूहको विचारले विजय प्राप्त गर्छ। पार्टीमा विजयी भएको नीतिलाई कमजोर पक्षले  आत्मसाथ गर्नुपर्छ। लोकतन्त्र भनेको पनि यही हो। फरक मतलाई लिएर कार्यकर्तामा जान सकिन्छ।

महाधिवेशनबाट नेतृत्व फेर्न सकिन्छ। महासमिति बैठकबाट दुई तिहाईले विधान पारित हुनुपर्छ। दुई तिहाइबाट विधान पारित हुन नसके आवश्यक संसोधन गरी पारित हुनेछ।

जुन रूपमा कांग्रेसका गुट बाहिर देखिएका छन्। यसरी बाहिर देखिनु हुँदैनथ्यो। हरेक कुराको विरोध गर्ने तरिका ठीक भएन। आफ्नो राय केन्द्रीय समिति वा कार्यकर्तामा राख्न पाइने व्यवस्था हुदाँहुँदै गुटलाई प्रश्रय दिनु उचित होइन।

गुट बनाउनमा सभापतिदेखि वरिष्ठ नेतासम्म जिम्मेवार छन्। गुटलाई पुर्ण रुपमा नकारात्मक दृष्टिकोणले पनि हेरिन्न हुन्न। यसलाई पार्टी भित्रको नियमित प्रक्रियाका रुपमा बुझ्न सकिन्छ।

संसोधित विधानले पनि कांग्रेसलाई पुर्नजीवन दिइहाल्न सक्दैन। स्थानीय र प्रादेशिक संगठनको संरचना नै छैन। केन्द्रीय संगठनको स्वरूपमा पनि परिर्वतन हुनुपर्छ।

१४औं महाधिवेशनसम्ममा गुटमा फेरबदल हुन्छ
१४औं महाधिवेशन केन्द्रित भएर समूहका बैठक सुरु भइसकेका छन्। अहिले नै त्यो बेलाको आँकलन गरिहाल्नु छिटो हुन्छ। कस्तो विधान पारित हुन्छ, त्यसले धेरै कुरा निर्धारण गर्छ। १४औं महाधिवेशनका लागि अहिले बाहिर भन्दै हिड्ने केहीले महामन्त्रीमा चित्त बुझाउलान्, केहीले सह-महामन्त्रीमा चित्त बुझाउलान्। 

सभापतिका दौडमा को-को?
महाधिवेशनका बेला कस्ता गठबन्धन बन्लान्, अहिल्यै भन्न कठिन छ। तर, सभापतिका लागि केही दाबेदार भने देखिएका छन्। संस्थापन पक्षबाट वर्तमान सभापति अर्को पटक पनि सभापति बन्न चाहन्छन्। इतर समूहबाट सभापतिका आकांक्षी धेरै देखिन्छन्।

रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौलालगायतका नेताहरू सभापतिको उम्मेद्वार बन्न रुचि देखाएका छन्। चर्चामा अहिले धेरै देखिएपनि त्यस समय दुई मात्रै सभापतिका दाबेदार हुनेछन्।

संस्थापन पक्षमा देउवा अघि आए भने उनको दाबीलाई विजय गच्छदार र विमलेन्द्र निधि अस्वीकार गर्न सक्दैनन्। यद्यपि, दुई नेताको व्यवस्थापनको चुनौती रहन्छ। आफू सभापति हुन नसक्ने अवस्था देखिए देउवाले अर्को रणनीति ल्याउन सक्छन्।

पत्नि आरजु राणालाई महामन्त्री बनाउने गरी भागबन्डाको राजनीति नहोला भन्न सकिन्न। देउवालाई चुनौती कोइराला परिवारका साथै इतर समूहका अन्य नेताबाट पनि छ।

यथार्थ के हो भने इतर समूहका नेता एकै स्थानमा नआए देउवालाई फेरि पनि हराउन सक्दैनन्। एक मात्रै उम्मेदवार आफ्नो समूहबाट दिन सकेनन् भने दुबै समूहको भावी अवस्था कमजोर बन्न सक्छ। 

कोइराला पक्षबाट सभापतिमा इच्छा जाहेर हुनु अस्वभाविक होइन। शेखर कोइराला जिल्ला दौडाहामा अरुभन्दा अघि देखिन्छन्। कोइराला पक्षबाट सभापति बन्न रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले साथ दिनुपर्छ। समर्थन जुन नेताले लिन सक्छन्, उही १४औं महाधिवेशनपछि सभापति बन्ने हो। 

अहिले देखिएका गुट यसै रूपमा महाधिवेशनसम्म नरहन पनि सक्छन्। तेश्रो समूह कुनै न कुनै पक्षसँग मिसिन्छ। अझै केही समय बाँकी छ, त्यो समूह कुनै न कुनै धारमा मिसिन्छ।

(नेपाल लाइभका सहकर्मी लिलु डुम्रेसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्