• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

\'सरकारबाट जनता आजित छन्\'

64x64
नेपाल लाइभ आइतबार, मंसिर १६, २०७५  २०:१२
1140x725

सरकारको नौ महिने कार्यकाल पूरा भएको छ। यस अवधिमा सरकारले जनअपेक्षा अनुसारका काम भन्दा पनि जनताबाट आलोचित हुने काम बढी गरेको देखिन्छ। जनतालाई राहत हुने काम हुन सकेनन्। अब चाँहि सरकारले जनतालाई राहत हुने काम गर्ला भन्ने संकेत पनि देखाएको छैन। 

प्रधानमन्त्रीले केही गर्न खोजेजस्तो देखिए पनि उहाँलाई स्वास्थ्यले बाधा पुर्याइरहेको छ। चाहेर पनि सक्रियतापूर्वक काम गर्न सक्नु भएको छैन। वर्तमान मन्त्रिमण्डलका सदस्यहरूमा कार्यकौशल देखिएन।

सरकार बन्दै गरेको समयमा मन्त्रिमण्डलमा परेका व्यक्तिहरु सर्वगुणसम्पन्न भन्दै प्रचारबाजी पनि भए । तर प्रशंसा गर्नुपर्ने कुनै कारण मैले चाँहि देखिँन। मन्त्रिमण्डल पुर्नगठन हुने सम्भावना छ। नयाँ व्यक्ति मन्त्री भएर आउँदै नयाँ हुन्छ भने पनि यो विषय नयाँ होइन। 

सरकारका लागि पाँच वर्षे अवधि लामो हो। तर जनअपेक्षाका काम गर्न वर्तमान सरकार सफल होला कि नहोला भन्ने शंका छ। यदि सरकारले जनअपेक्षा अनुसार गरेन भने चार वर्षपछि कांग्रेस पुनः सरकारको नेतृत्व गर्न पुग्छ।

कांग्रेस पहिलो दल बन्न सरकारका कदमले ‘प्लस प्वाइन्ट’ हुन्छ। तर सत्तारुढ दलका क्रियाकलापले भन्दा कांग्रेस आफ्नै बलबुताले सरकारमा पुग्नुपर्छ। कांग्रेस अब यो दिशामा अघि बढ्छ।  

यो सरकारका कामबाट जनता आजित भइसकेका छन्। सरकार आफूभित्रैका समस्याले अल्झिएको छ। जनतामा सरकारप्रति आक्रोश बढिरहँदा प्रतिपक्षी दलले आवाज शसक्त बनाउन सकेको छैन। नेकपा सरकारले जनतामा वितृष्णा जगाएको छ। जनता रुष्ट भइसके। 

एकताभित्र रुमलिएको नेकपा
दुई पार्टीबीचको एकीकरण प्रक्रिया टुगिंन धेरै समय लाग्छ। मधेसी दलहरुमा पनि भावनात्मक एकता हुन सकेको छैन। महन्थ ठाकुरलाई एक्लाइएको छ। मधेसी जनता त्यहाँका पार्टीसँग रुष्ट छन्। मधेस कांग्रेसको आधारभूमि हो। फेरि पनि मधेसमा कांग्रेस नै अन्तिम विकल्प हो।

सत्तारुढ दुई पार्टीको एकता प्रक्रिया सहजै सकिने अवस्था देखिँदैन। यी दुई पार्टीको एकता समापन हुन आगामी महाअधिवेसनसम्म नै कुर्नुपर्छ। पूर्व एमालेका नेताहरूसँग प्रचण्डको समूह बन्न सक्ने पनि देखिँदैन। रामवीर मानन्धर प्रकरणमा प्रचण्ड कुन रुपमा असफल देखिए? आफैले प्रस्ताव गरे, आन्तरिक तथा वाह्य विरोधपछि मानन्धरको राजीनामा स्वीकृत भएन।

Ncell 2
Ncell 2

प्रचण्डका सपना 
सरकारको नेतृत्व तीन वर्षपछि प्रचण्डले लिने अलिखित सम्झौता भएको हल्ला सुनिएको छ। प्रधानमन्त्रीको पद प्रचण्डले लिने प्रयत्न होला तर त्यो प्रयास निरर्थक हुन्छ। महाधिवेशनबाट प्रचण्ड अध्यक्ष बन्न सक्ने संभावना निकै न्यून छ। आफ्नो गुटलाई समानान्तर रुपमा अगाडि बढाएका माधव नेपालले उनलाई ठाँउ खाली गर्देलान् र?

शान्ति प्रक्रियामा प्रवेश गरेपनि माओवादीमा युद्धकालीन धङ्धङी कायम थियो। शान्ति प्रक्रिया शुरु भएपछि पनि पुरानो सोच रहेकोले उसका गतिविधिप्रति सार्वजनिक मञ्चहरूमा प्रतिवाद गर्दै आएको थिएँ। हत्याको राजनीतिक पृष्ठभूमिबाट आएको शक्तिलाई अहिले पनि उतिकै आलोचना गर्छु।
 
विगतमा जुन आश्वासन र राजनैतिक एजेन्डा लिएर माओवादी लडेका थिए। त्यो माओवादी अब बाँकी रहेन। पूर्व एमाले र पूर्व माओवादीको एकता पदलोलुपताको लागि हो।

नेकपामा विभाजन हुने निश्चित छ। प्रचण्डले ४० प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा पार्न नसकेका कारण विभाजन हुने निश्चितप्राय छ। पूर्व माओवादी नेकपालाई ४५ प्रतिशत भागबन्डा दिएर मिलाउन खोजिँदैछ।

तर, पूर्व माओवादीको हैसियत ४० प्रतिशत प्राप्त गर्ने पनि होइन। बादलदेखि मातृकासम्म विभाजन पछि जोडिएका नेताहरु हुन्। पूर्व माओवादी भएर पनि उनीबीच आपसी एकता छैन। नारायणकाजीको आफ्नै लाइन छ। 

पूर्व माओवादीका घटकहरु प्रचण्डकै हुनसक्छन भन्ने हुँदैन। केपी शर्मा ओलीतिर पनि जान सक्छन्। प्रचण्ड पार्टी विभाजन गर्न पनि नसक्ने र त्यसैमा रहिरहन पनि नसक्ने आँकलन गर्न सकिन्छ। उनको स्वार्थको सपना सपनामै टुगिंन्छ।

मनोनित गर्ने अधिकार कटौती गर्नुपर्छ 
केन्द्रीय समितिमा छलफलका क्रममा रहेको विधान मिहिन ढंगले मैले अध्ययन गरिसकेको छैन। प्रस्तुत भएकै विधान पारित हुने सम्भावना पनि छैन। सभापतिलाई २५ प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिनुहुँदैन। बढीमा १० प्रतिशत सदस्य मात्र मनोनित गर्ने अधिकार सभापतिलाई विभाजन गर्नु उचित हुन्छ। 

केन्द्रीय सदस्यको संख्या बढेसँगै पदाधिकारी पनि बढाउँदा राम्रो हुन्छ। पदका आकांक्षी बढेर पदाधिकारी बढाउनुपर्ने होइन। बढाउनुपर्ने आवश्यकता नै हो। विद्यमान व्यवस्थाले पार्टी जुझारु भएर चल्दैन।

देउवा पक्षका नेतालाई व्यवस्थापन गर्ने समस्याको विषय होइन, पौडेल पक्षका नेतालाई व्यवस्थापन गर्नका लागि थप्न पदाधिकारी बढाउन प्रस्ताव गरेको पनि भनिन्छ। पदको लोभ भन्दा पनि समायानुकुल पदाधिकारी बढाउनुपर्ने अवस्था हो। संगठनलाई क्रियाशील बनाउन पदाधिकारी बढाउनु पर्छ। यो आवश्यकता पनि हो। 

मसिंर २८ गतेदेखि पुस ३ सम्म हुने महासमिति बैठकले पार्टीको नीतिमा गम्भीर छलफल गर्नेछ। मूलतः तीन कुरामा व्यापक बहस हुनेछ। ग्रामीण क्षेत्रमा कांग्रेसको गतिविधि, पार्टी पङ्तिको परिचालन, राजनीतिक निर्णय तथा पार्टीमा सुधार गर्नुपर्ने विषयमा छलफल हुनेछ।

कांग्रेसमा देखिएका समस्या र निराकरणका लागि विधि र विधान बनाएर अब कांग्रेस अघि बढ्छ। केन्द्रीय समितिको संख्या पनि बढ्छ। कांग्रेसभित्रको आन्तरिक मजबुती वा चलखेल पुसपछि मात्रै थाहा हुन्छ। त्यसपछि पार्टी कुन रुपमा प्रस्तुत हुन्छ अनि मात्रै कांग्रेसको भविष्य आँकलन सकिन्छ।

आन्तरिक रुपमा कांग्रेस एक हुन नसकेको यथार्थ हो। महासमिति बैठकपछि जिल्ला-जिल्लामा कसरी गति लिन्छ त्यसमा निर्भर हुन्छ। पार्टीका असन्तुष्टि महासमिति बैठकमा पेस हुन्छन्। कम्युनिस्ट पार्टी जस्तो नभएकाले कांग्रेसका विवादहरु स्पष्ट रुपमा बाहिर आउँछन्। असन्तुष्टि बाहिर ल्याउन दिनु नै लोकतान्त्रिक पद्दति हो। मतान्तर देखिन्छन्। तर, पराजित पक्षले हार स्वीकार गरी बहुमतको सम्मान गर्नुपर्छ। 

महासमिति बैठकअघि विवाद अझै चर्केर जाने देखिन्छ। महासमिति बैठक लगत्तै विवादहरू समाधान हुँदै जानेछन्। विधान संसोधनको टुंगो नलागेसम्म मतभेद देखिनु स्वभाविक हो। संसोधित विधान सबैले मान्नुपर्छ। 

प्रस्तावित केन्द्रीय समितिको आकार ठूलो होइन। प्रादेशिक संरचनाअनुसार संगठन बन्दा केन्द्रीय समितिको आकार पनि ठूलो मान्नु हुँदैन। क्रियाशील सदस्यताको दुरुपयोग भएकाले हटाउने बहस पहिलेदेखि चल्दै आएको हो। तर, क्रियाशील सदस्यताको प्रक्रिया हटाउनु हुँदैन। दुरुपयोग भएको छ भने त्यसलाई निरुत्साहित गर्नुपर्छ।

महासमितिमा संस्थापन र अर्को समूह स्पष्ट देखिनेछन्। दुबै समूहबीच बहस हुन्छ। एउटा समूहको विचारले विजय प्राप्त गर्छ। पार्टीमा विजयी भएको नीतिलाई कमजोर पक्षले  आत्मसाथ गर्नुपर्छ। लोकतन्त्र भनेको पनि यही हो। फरक मतलाई लिएर कार्यकर्तामा जान सकिन्छ।

महाधिवेशनबाट नेतृत्व फेर्न सकिन्छ। महासमिति बैठकबाट दुई तिहाईले विधान पारित हुनुपर्छ। दुई तिहाइबाट विधान पारित हुन नसके आवश्यक संसोधन गरी पारित हुनेछ।

जुन रूपमा कांग्रेसका गुट बाहिर देखिएका छन्। यसरी बाहिर देखिनु हुँदैनथ्यो। हरेक कुराको विरोध गर्ने तरिका ठीक भएन। आफ्नो राय केन्द्रीय समिति वा कार्यकर्तामा राख्न पाइने व्यवस्था हुदाँहुँदै गुटलाई प्रश्रय दिनु उचित होइन।

गुट बनाउनमा सभापतिदेखि वरिष्ठ नेतासम्म जिम्मेवार छन्। गुटलाई पुर्ण रुपमा नकारात्मक दृष्टिकोणले पनि हेरिन्न हुन्न। यसलाई पार्टी भित्रको नियमित प्रक्रियाका रुपमा बुझ्न सकिन्छ।

संसोधित विधानले पनि कांग्रेसलाई पुर्नजीवन दिइहाल्न सक्दैन। स्थानीय र प्रादेशिक संगठनको संरचना नै छैन। केन्द्रीय संगठनको स्वरूपमा पनि परिर्वतन हुनुपर्छ।

१४औं महाधिवेशनसम्ममा गुटमा फेरबदल हुन्छ
१४औं महाधिवेशन केन्द्रित भएर समूहका बैठक सुरु भइसकेका छन्। अहिले नै त्यो बेलाको आँकलन गरिहाल्नु छिटो हुन्छ। कस्तो विधान पारित हुन्छ, त्यसले धेरै कुरा निर्धारण गर्छ। १४औं महाधिवेशनका लागि अहिले बाहिर भन्दै हिड्ने केहीले महामन्त्रीमा चित्त बुझाउलान्, केहीले सह-महामन्त्रीमा चित्त बुझाउलान्। 

सभापतिका दौडमा को-को?
महाधिवेशनका बेला कस्ता गठबन्धन बन्लान्, अहिल्यै भन्न कठिन छ। तर, सभापतिका लागि केही दाबेदार भने देखिएका छन्। संस्थापन पक्षबाट वर्तमान सभापति अर्को पटक पनि सभापति बन्न चाहन्छन्। इतर समूहबाट सभापतिका आकांक्षी धेरै देखिन्छन्।

रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौलालगायतका नेताहरू सभापतिको उम्मेद्वार बन्न रुचि देखाएका छन्। चर्चामा अहिले धेरै देखिएपनि त्यस समय दुई मात्रै सभापतिका दाबेदार हुनेछन्।

संस्थापन पक्षमा देउवा अघि आए भने उनको दाबीलाई विजय गच्छदार र विमलेन्द्र निधि अस्वीकार गर्न सक्दैनन्। यद्यपि, दुई नेताको व्यवस्थापनको चुनौती रहन्छ। आफू सभापति हुन नसक्ने अवस्था देखिए देउवाले अर्को रणनीति ल्याउन सक्छन्।

पत्नि आरजु राणालाई महामन्त्री बनाउने गरी भागबन्डाको राजनीति नहोला भन्न सकिन्न। देउवालाई चुनौती कोइराला परिवारका साथै इतर समूहका अन्य नेताबाट पनि छ।

यथार्थ के हो भने इतर समूहका नेता एकै स्थानमा नआए देउवालाई फेरि पनि हराउन सक्दैनन्। एक मात्रै उम्मेदवार आफ्नो समूहबाट दिन सकेनन् भने दुबै समूहको भावी अवस्था कमजोर बन्न सक्छ। 

कोइराला पक्षबाट सभापतिमा इच्छा जाहेर हुनु अस्वभाविक होइन। शेखर कोइराला जिल्ला दौडाहामा अरुभन्दा अघि देखिन्छन्। कोइराला पक्षबाट सभापति बन्न रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले साथ दिनुपर्छ। समर्थन जुन नेताले लिन सक्छन्, उही १४औं महाधिवेशनपछि सभापति बन्ने हो। 

अहिले देखिएका गुट यसै रूपमा महाधिवेशनसम्म नरहन पनि सक्छन्। तेश्रो समूह कुनै न कुनै पक्षसँग मिसिन्छ। अझै केही समय बाँकी छ, त्यो समूह कुनै न कुनै धारमा मिसिन्छ।

(नेपाल लाइभका सहकर्मी लिलु डुम्रेसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य आइतबार, असोज २६, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने खतरा छ : सञ्चारमन्त्री खरेल आइतबार, असोज २६, २०८२
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
माओवादीसँगको एकताबारे विवाद हुँदा नेकपा एसको बैठक भोलिका लागि सारियो शनिबार, असोज २५, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
दूतावासहरूमा गएर मन्त्री र पद मागिएको जेनजी २.० समूहको दाबी, असली जेनजीको  बदनाम नगर्न चेतावनी शनिबार, असोज २५, २०८२
राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि जेनजीसँग बैठक सोमबारलाई सर्‍यो शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्