दाङ- हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीको हत्याको विरोधमा घोराही बजार बन्द गरिएको छ। दाङ उद्योग वाणिज्य संघले हत्याको विरोध गर्दै घोराही बजार बन्द गर्न आग्रह गरेको हो।
_x000D_
_x000D_
उद्योग वाणिज्य संघ दाङका अध्यक्ष नारायण भुसालले विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नको खोजी गरी कारबाही गर्न प्रहरीसँग माग गरेका छन्।
_x000D_
_x000D_
‘पछिल्लो समय व्यवसायिक असुरक्षा बढेको भन्दै सुरक्षाको प्रबन्ध मिलाउन समेत आग्रह गर्दछौ’ विज्ञप्तिमा उल्लेख छ।
_x000D_
_x000D_
रोल्पा माडी गाउँपालिका ६ कोर्चाबाङ स्थायी घर भएका ४६ वर्षीय घर्तीको गत राति घोराही उपमहानगरपालिका वडा नम्बर १३ लामीडाँडाको दुधेसोतामा हत्या गरिएको थियो। घर्तीले घोराही, नयाँ बसपार्कस्थित सेवार खोला पुलनजिक हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए।
_x000D_
_x000D_
मृतकको शव पोष्ठमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
_x000D_
_x000D_
हत्यामा संलग्न भएको आशंकमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। पक्राउ परेका व्यक्तिमाथी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।