काठमाडौं– पोखरा महानगरपालिका–२३ भदौरे तामागी घर भई पोखरा शान्तिनगर बस्ने १७ वर्षीया किशोरी बिहीबार दिउँसो बलात्कृत भएकी छिन्।
_x000D_
_x000D_
किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँ डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका–४ लाचोकका ३५ वर्षीय लक्ष्मण ढकाललाई प्रहरीले पक्राउ गरेको हो।
_x000D_
_x000D_
किशोरीलाई ललाईफकाई गरी पोखरा महानगरपालिका–६ स्थित पिनाकल होटलमा लगी बलात्कार गरेर फरार भएका ढकाललाई अन्नपूर्ण गाउँपालिका–३ काँडे चुहिने पहराबाट प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।