दाङ– घोराहीमा एक व्यापारीको हत्या भएको छ। रोल्पाको माडी गाउँपालिका– ६ कोर्चावाङ घर भई घोराही बसपार्क पुलनजिक माडी हार्डवेयर सञ्चालन गरेर बसेका ४६ वर्षीय नन्दबहादुर घर्तीको हत्या भएको हो। घर्तीको चक्कु प्रहार गरी हत्या गरिएको हो।
_x000D_
_x000D_
घोराही १३ मंलेरीको दुधेसोतामा घाइते अवस्थामा भेटिएका घर्तीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा निधन भएको हो।
_x000D_
_x000D_
परिवार स्रोतका अनुसार पसलबाट दिएको उधारोका कारण घर्तीको ज्यान गएको हो। एक व्यक्तिले २ लाख ५४ हजारको उधारो लगेका थिए। उनले लामो समयदेखि रकम दिन सकेका थिएनन्।
_x000D_
_x000D_
उनले आज मात्रै ‘उधारो तिर्न ऋण कार्नुपर्ने र त्यसका लागि साहुजी साक्षी बसिदिनुपर्ने भो’ भनेर घर्तीलाई बोलाएका थिए। घर्ती साक्षी बस्न भनेर गएपछि घाइते अवस्थामा फेला परेको परिवार स्रोतले जनाएको छ।
_x000D_
_x000D_
यद्यपि अनुसन्धान प्रक्रियालाई अफ्ठ्यारो नपरोस् भनेर ती व्यक्तिको नाम परिवारले खुलाएको छैन। प्रहरीले केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।
_x000D_
_x000D_
प्रहरी स्रोतका अनुसार घर निर्माणको क्षेत्रमा काम गर्ने एक मिस्त्री पक्राउ परिसकेका छन्। उनी सामान्य घाइते पनि छन्। उनी नै हत्यामा संलग्न व्यक्ति भएको हुनसक्ने प्रहरीको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।