काठमाडौं– लागू औषधसहित दुई भारतीय नागरिक राजधानीबाट पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त थानकोटकाे टाेलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट उनीहरुलाई पक्राउ गरेकाे हाे।
_x000D_
_x000D_
वि आर१एच ६९०८ नम्बरको भारतीय कार जाँचका क्रममा लागू औषधसहित भारत बिहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
_x000D_
_x000D_
महानगरीय प्रहरी प्रभागका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले कारको सिटमा रहेको जेब्रा झोलामा लुकाइछिपाइ लागू औषध ल्याएको भेटिएकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिइन्।
_x000D_
_x000D_
कार्यालयका अनुसार ६९५ एम्पुल डाइजेपाम, ६९६ एम्पुल नुर्फिन र ४९५ एम्पुल फेनार्गन गरी एक हजार ८८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोत्तलसमेत बरामद गरिएको छ। पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।