काठमाडौं– विशेष अदालतले त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा कार्यरत रहेका प्राध्यापक डा. भरतराज पहारीलाई भ्रष्टाचारी ठहर गरेको छ।
_x000D_
_x000D_
विशेषले पहारीलाई २ करोड बिगो र जरिवाना तथा १० महिना कैदको फैसला सुनाएको हो। पहारीले पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको देखिएको भन्दै विशेष अदालतले दोषी ठहर गरेको हो।
_x000D_
_x000D_
सार्वजनिक सेवाको पदमा राष्ट्रसेवक कर्मचारी रहँदाको अवस्थामा पेस गरेको सम्पत्तिको विवरण तथा अनुसन्धानको क्रममा गरेको बयान समेतबाट सम्पत्ति आर्जनको अवैधानिक स्रोत पुष्टि नभएको विशेषको फैसलामा उल्लेख छ।
_x000D_
_x000D_
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले पहारीलाई दोषी ठहर गरेको हो।
_x000D_
_x000D_
अख्तियार दुरुपयोग अनुसन्धानले पहारीमाथि अनुसन्धान गर्दा आयको तुलनामा विद्यमान सम्पत्ति अमिल्दो र अनियमित देखिएको भन्दै २ करोड ४० लाख १ हजार ५ सय ९९ बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो।
_x000D_
_x000D_
प्राध्यापक पहरीले सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको र मनासिव कारणबिना अमिल्दो र अस्वभाविक जीवनस्तर यापन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। आफ्नो हैसियतभन्दा बढी खर्च गरेको तथा स्रोत नखुलेको सम्पत्तिबाट बढीबढाउ समेत गरेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो।
_x000D_
_x000D_
अख्तियारले उनीविरुद्ध २०७३ साउन २४ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
_x000D_
_x000D_
विशेषले २ करोड ६२ लाख ५२ हजार बिगो–जरिवाना र १० महिना कैद हुने फैसला सोमबार सुनाएको हो। पहारीले आर्जन गरेको ४ करोड बराबरको सम्पत्ति समेत जफत हुने विशेषको फैसलामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।