काठमाडौं– कोरियाली संस्था युनिभर्सल पिस फाउन्डेसन (युपिएफ) को नेपाल शाखाले शुक्रबारदेखि गर्न लागेको एसिया प्यासेफिक समिटमा आउने पाहुनाहरुलाई गरिएको स्वागत शैलीलाई राप्रपाका अध्यक्ष कमल थापाले अवाञ्छित भएको बताएका छन्।
_x000D_
_x000D_
'धर्मप्रचारक संस्थाद्वारा आयोजित विवादास्पद भेलामा सहभागी पाहुनाहरुलाई जुन तहबाट राजकीय सम्मान/स्वागत अर्पण गरिएको छ, त्यो अवाञ्छित छ', थापाले लेखेका छन्, 'प्रचलित कुटनीतिक मान्यता अनुकूल पनि भएन। स्वागत हुनुपर्छ तर मर्यादा विपरित होइन।'
_x000D_
_x000D_
थापाले जोर बिजोर प्रणाली पनि गलत भएको बताएका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
सुरुमा नेपाल सहआयोजक रहेको सो कार्यक्रमको व्यापक विरोधपछि भनेर नेपाल पछि हटेर सहयोगी मात्रै भएको छ। कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गर्दैछन्।
_x000D_
_x000D_
कार्यक्रममा सहभागी हुन विभिन्न देशका पाहुना आउने क्रम जारी छ। समिटमा सहभागितका लागि म्यानमारकी 'स्टेट काउन्सिलर' आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।