राजविराज– सप्तरी सदरमुकाम राजविराज निवासी एकल महिला ४५ वर्षीय आशा देवको हत्याका २ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ।
_x000D_
_x000D_
सप्तरी जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञावलीको इजलासमा बुधबार भएको छुनछेक बहसपछि राजविराज नगरपालिका– ६ का ३२ वर्षीय शंकर मेहतर र २८ वर्षीय सुरज मेहतरलाई थुनामा राख्ने आदेश भएको हो। दुवै जना मृतकका छिमेकी हुन्।
_x000D_
_x000D_
दुवैजना विगत १५ वर्षदेखि राजविराज नगरपालिकाको ज्यालादारी कर्मचारीका रुपमा काम गर्दै आएका थिए। शंकरलाई कात्तिक ८ गते घरबाटै र सुरजलाई ९ गते राजविराज ४ स्थित माछा हटियामा सफाइ गर्दागर्दै प्रहरीले पक्राउ गरेको थियो।
_x000D_
_x000D_
यसैगरी आरोपीमध्ये ३० वर्षीया चनरदेवी मेहतरलाई ३५ हजार र ३५ वर्षीया मुन्नी साहलाई २५ हजार धरौटीमा रिहा गर्ने आदेश भएको अदालतले जनाएको छ।
_x000D_
_x000D_
राजविराज– ६ स्थित प्रहरी कार्यालयको दक्षिततर्फ जोडिएको घरमा बस्दै आएकी देवको कात्तिक १ गते राति महानवमीका दिन टाउकोमा इँटा र लोहोरो प्रहार गरी हत्या गरिएको थियो। देवको बलत्कारपछि हत्या भएको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरी गत कात्तिक ११ गते कर्तव्य ज्यानको उजुरी दर्ता गरेको थियो।
_x000D_
_x000D_
गरगहना धितो राखेर ऋण दिने लगायतका व्यवसायमा संलग्न देवलाई सामान्य रिसइवीकै कारण हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो। घटनास्थलमा अत्यधिक रुपमा प्रयोग भएका र नभएका कन्डम फेला परेको प्रहरीको भनाइ छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।