काठमाडाैं– वैशाखमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले कांग्रेस जिल्ला सभापतिहरूको भेला आयोजना गर्ने निर्णय गरिएको थियो।
_x000D_
_x000D_
कांग्रेसको विधानमा जिल्ला सभापतिहरूको राष्ट्रिय सम्मलेन गर्ने प्रावधान नभए पनि पार्टी केन्द्रीय समितिको निर्णयको आधारमा विगतमा जिल्ला सभापतिहरुको राष्ट्रिय सम्मलेन हुने गरेको थियो।
_x000D_
_x000D_
सोही निर्णयको आधारमा हेटौंडामा असारको पहिलो साता जिल्ला सभापतिहरुको भेला भएको थियो।
_x000D_
_x000D_
केन्द्रीय समितिले जिल्ला बैठक बोलाउने विगतको नजिर विपरीत जिल्ला सभापतिहरुको पहलमा ककनी भेला भइरहेको छ।
_x000D_
_x000D_
भेलाको पहल मुख्य रूपमा नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले गरेका थिए। विधानमा जिल्ला सभापतिहरुको सुझाव दिनका लागि भेला गर्न स्वीकृत माग्दा पार्टी सभापति शेर बहादुर देउवाले स्वीकृति दिएका थिएनन्।
_x000D_
_x000D_
देउवाले ग्रिन सिग्नल नदिएपछि केसीले आफ्नो सक्रियतालाई कम गरेनन्। दुई साताअघि केही जिल्ला सभापतिको काठमाडाैंमा भएको आन्तरिक बैठकले भेला राख्ने निर्णय गरेको थियो।
_x000D_
_x000D_
तीन नम्बर प्रदेशको सभापति बन्ने केसीको प्रयास
_x000D_
_x000D_
ककनीमा सभापति भेला हुनुको तात्पर्य संशोधित विधानको प्रादेशिक संरचनासँग जोडिएको छ। कांग्रेसका संगठन संशोधित विधान अनुरुप बन्ने भएकाले नेतृत्वमा पकड़ जमाउन भेला आयोजना गरिएको धेरैको बुझाइ छ।
_x000D_
_x000D_
जिल्ला सभापतिमध्ये नुवाकोट सभापतिको बेग्लै हैसियत छ। केसीको जिल्ला सभापति कार्यकाल चौथौ पटक चलिरहेको छ। गिरीजा प्रसाद कोइराला दुईपटक कांग्रेस सभापति बनेको समय केसी दुई पटक नै नुवाकोट जिल्ला सभापति बने।
_x000D_
_x000D_
शुसिल कोइराला कांग्रेस सभापति बनेको समयमा पनि सोही पदमा रहे। पार्टी नेतृत्व कोइराला परिवारबाट सरेर देउवामा पुगेपछि पनि उनी नुवाकोट सभापति नै बने। कांग्रेसमा लगातार चार पटक जिल्ला सभापति बन्ने केसी एक्ला हुन्।
_x000D_
_x000D_
जिल्ला सभापतिहरूको राष्ट्रिय भेला डाक्नुमा केसीको भित्री चाह प्रदेश ३ को सभापति बन्ने हो। सभापतिहरूको भेलाले गरेको निर्णय केन्द्रीय कार्य समितिले लागू गर्नुपर्ने बाध्यकारी हुँदैन।
_x000D_
_x000D_
समान धारणा बनाई सुझाव दिने भनिएपनि त्यसको कार्यान्वयन होला भन्नेमा स्वयं केसी ढुक्क छैनन्। उनको आकांक्षा प्रदेश ३ को सभापतिको बलियो प्रत्यासी आफू हुँ भन्ने हो। त्यसकै लागि उनले ककनीमा शक्ति प्रदर्शन गरेका हुन्।
_x000D_
_x000D_
४० जिल्लाका सभापति भेला हुने अनुमान गरेका केसीले पाँच दर्जन सभापतिहरू भेला हुँदा आफ्नो शक्ति बढेको महसूस गरेका छन्। प्रदेश ३ को सभापतिमा केन्द्रीय सदस्य मोहन बस्नेत,केसी र मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँ हुन्।
_x000D_
_x000D_
प्रत्यासी तीन मध्ये दुई संस्थापन पक्ष नजिक छन्। केसीलाई मकवानपुर जिल्ला सभापति बानियाँलाई पछि पार्न सक्छु भन्ने छ। पूर्व सञ्चार मन्त्री भइसकेका बस्नेत मुख्य तगारो बन्ने केसीको बुझाइ छ।
_x000D_
_x000D_
देउवा पक्षीय जिल्ला सभापतिहरूको न्यून उपस्थिति
_x000D_
_x000D_
पार्टी सभापति देउवाको इच्छा विपरीत भएको भेलामा उनी निकटका सभापतिहरूको उपस्थिति पनि कम रहेको छ। विधान मस्यौदा समितिमा रहेका ललितपुर जिल्ला सभापति मदन अमात्य विधान समितिमा भएकै कारणले उपस्थित भएका छन्।
_x000D_
_x000D_
उनले विधानमा सभापतिको क्षेत्राधिकारका विषयमा जानकारी गराउनु पर्ने कारणले उपस्थित भएको बताइएको छ।
_x000D_
_x000D_
असारको पहिलो साता जिल्ला सभापतिको राष्ट्रिय सम्मेलनको आयोजक बनेका मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँ पनि उपस्थित भएनन्। बानियाँ देउवा निकट हुन्।
_x000D_
_x000D_
पार्टी सभापतिको गृह प्रदेश अर्थात् प्रदेश ७ बाट एक मात्रै जिल्ला सभापति सहभागी भएका छन्। प्रदेश ७ बाट दार्चुला सभापति ललित सिंह बोहोरा मात्रै ककनी आए। प्रदेश ७ मा नौ जिल्ला छन्। पार्टी उप सभापति विमलेन्द्र निधि निकट धनुषा सभापति पनि उपस्थित भएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।