काठमाडौं- काठमाडौंको नयाँबजारमा तिहारको बेला गत कात्तिक २३ गते राति श्रीमतीको हत्या गरी फरार भएका श्रीमानले आत्महत्या गरेका छन्।
_x000D_
_x000D_
घरायसी विवाद भएपछि श्रीमान हिरालाल महर्जनले कान्छी श्रीमती महेश्वरी महर्जनको हत्या गरेका थिए। हथौडाले टाउकोमा हानेर बाथरुमा उनको हत्या भएको थियो।
_x000D_
_x000D_
हत्यापछि फरार भएका ६८ वर्षीय हिरालालको शव प्रहरीले दक्षिणकालीबाट बुधबार फेला परेको हो। तीन/चार दिनअघि झुन्डिएर आत्महत्या गरेका उनको शव भुईमा खसेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
_x000D_
_x000D_
घटनास्थलमा विषको बट्टा समेत फेला परेकाले विष सेवनपछि झुन्डिएको हुन सक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
_x000D_
_x000D_
उनको गोजीबाट प्रहरीले सुसाइट नोट समेत फेला पारेको छ। जसमा उनले श्रीमतीको हत्या गरेको लेख्दै आफूले आत्महत्या गरेको लेखेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
मृतक महर्जनका २ छोरा र ६ छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।