काठमाडौं– महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरी टोलीले अवैध सुनसहित ललितपुर महानगरपालिका–२ बल्खुबाट तीन जनालाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
गएराति ११ बजे रोयल गेस्टहाउस आगाडि बा१०च ८९९२ नम्बरको टाटा डिआई गाडीलाई चेकजाँचको क्रममा एक किलो सुन, इलेक्ट्रिक तराजु सानो १ थान, धातु काट्ने कैंची १ थान र नगद ३६ लाख ६५ हजार रूपैयासहित तीन जनालाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
पक्राउ पर्नेमा दाङ घर भई ललितपुर सानेपा बस्ने वर्ष २८ को गोपाल विक, सल्यान सारदा नगरपालिका–६ घर भई ललितपुर पाटन बंगालामुखी बस्ने वर्ष २७ को सञ्जय कुमार तिरूवा र दाङको राप्ती नगरपालिका– २ घर भएका वर्ष २७ को शिव कुमाल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।