काठमाडौं– अफ्रिकी मुलुक नाइजेरियाबाट एक अन्तर्राष्ट्रिय गिरोहले नेपालमा चिम्पाञ्जी तथा संरक्षित चराहरुको तस्करी गर्दै आएको खुलेको छ।
प्रहरीले गिरोहमा संलग्न भारतीय, पाकिस्तानी र नेपालीलाई पक्राउ गरेको छ । दुई वटा चिम्पाञ्जीसहित ६ जनालाई मंगलबार पक्राउ गरिएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले बताए । उनीहरुले भन्सारबाटै सेटिङ मिलाएर ती संरक्षित वन्यजन्तुहरुको कारोबार गर्दै आएको सिआईबीले जनाएको छ।
पक्राउ पर्नेहरुमा सञ्जीव भारी, राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फएन, शरीफ सहिन र पाकिस्तानी नागरिक आवेद अस्लामा खान छन् । पक्राउ परेका तिवारी भन्सार एजेन्ट हुन्।
उनीहरुबाट चिम्पाञ्जी, आठ वटा बाँदर र विभिन्न प्रजातिका एक सय १२ वटा चरा बरामद गरिएको छ । चिम्पाञ्जी तथा चराहरु नेपाल र भारतमा बिक्री हुने गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।