काठमाडौं– कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारका राज्य परामर्शदाता आङ साङ सुकी २ दिने नेपाल भ्रमणमा आउने भएका छन्। कम्बोडियाका प्रधानमन्त्री सेन र म्यानमार राज्य परामर्शदाता सुकी प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन्।
_x000D_
_x000D_
काठमाडौँमा आयोजना हुने ‘एसिया प्यासफिक समिट, २०१८’ सम्मेलनमा सहभागी हुन सेन र सुकी नेपाल आउन लागेका हुन्। नेपाल भ्रमणका अवसरमा सेन र सुकी दुवैले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्ट्राचार भेट गर्ने परराष्ट्र मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
_x000D_
_x000D_
यस्तै, सेन र सुकीले प्रधानमन्त्री ओलीसँग द्विपक्षीय हितका विषयमा छुट्टाछुट्टै छलफल गर्ने विज्ञप्तिमा जनाइएको छ।
_x000D_
_x000D_
कार्यक्रमको आयोजक संस्थामध्येको युनिभर्सल पिस फेडेरेसनले कार्यक्रममा ७ देशका राष्ट्रप्रमुख र सरकारप्रमुख सहभागी हुने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।