काठमाडौं– नेपाली कांग्रेसले दिवंगत नेता चक्र बास्तोलाकी श्रीमती कुसुम बास्तोलालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने भएको छ।
_x000D_
_x000D_
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बास्तोलाकी श्रीमती कुसुमलाई संघर्षशील नारीको संज्ञा दिँदै पार्टी केन्द्रीय सदस्यमा मनोनित गर्ने घोषणा गरेका हुन्।
_x000D_
_x000D_
नेता बास्तोलाको निधन भएको ४५औं दिनको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले कुसुम बास्तोला जस्तो संघर्षशील महिलालाई पार्टीको जिम्मेवारी दिने निर्णयमा कसैको पनि विरोध नहुने दाबी पनि गरे।
_x000D_
_x000D_
स्मृति सभामा सभापति देउवाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रिया ल्याउन सहमत गराउने प्रमुख नेतानै बास्तोला भएको जिकिर गरे। उनले राष्ट्रिय राजनीति र पार्टी राजनीतिमा बास्तोलाले पु¥याएको योगदान पार्टीले सदा सम्झिरहने पनि उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।