काठमाडौं- राष्ट्रिय अनुसन्धानको कार्यालय हेटौंडामा प्रहरी जवान पदमा जागिर लगाई दिने भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ मा डेरा गरी बस्ने धोबिनी गाउँपालिका–३ हरिपुरका आलोककुमार पाण्डेय भनिने सन्तोषकुमार पाण्डेय छन्।
_x000D_
_x000D_
पाण्डेय समेतले जागिर लगाइदिने भनी नक्कली नियुक्तिपत्र समेत दिएर झुक्याई बाराका तीन जनासँग क्रमशः १ लाख ७० हजार, १ लाख ५० हजार र ४ लाख रूपैयाँ ठगी गरेको भन्ने पीडितबाट जाहेरी प्राप्त भएपछि खटिएको प्रहरीले पाण्डेयलाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
पक्राउ परेका पाण्डेयमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।