काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि खुकुरी प्रहार भनी भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक अनलाइनका सम्पादकलाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
पोष्टपाटी अनलाइनका सम्पादक गोपाल चन्दलाई मंगलबार काठमाडौंको मनमैजुबाट पक्राउ गरिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।
_x000D_
_x000D_
सम्पादक चन्दले मंसिर ६ गते चितवनमा प्रचण्डमाथि खुकुरी प्रहार भनी आफ्नो अनलाइनमार्फत भ्रमपूर्ण समाचार सम्प्रेण गरेका थिए।
_x000D_
_x000D_
उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।