काठमाडौं- २५ हजार घुससहित पक्राउ परेका पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका लेखापाल (नायव सुब्बा)गुणराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
_x000D_
_x000D_
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा घुससहित पक्राउ परेको रकम र सोही बराबरको बिगो कायम गर्दै मुद्दा दायर गरेको हो।
_x000D_
_x000D_
लेखापाल दाहाल २५ हजार घुससहित पक्राउ परेका थिए। अख्तियारको आरोपपत्रमा उनीसँग सोही बराबर विगो, जरिवाना र कैद समेत हुनुपर्ने माग गरिएको छ। आयोगले नासु दाहाललाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको थियो।
_x000D_
_x000D_
राष्ट्रिय बहिरा महासंघ नेपाललाई कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई सङ्केतीकरण र दृश्य सामग्री (डि.भि.डी) तयार गर्ने सम्झौता गरेकोमा त्यसको भुक्तानी गर्न उनले घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो।
_x000D_
_x000D_
रकम भुक्तानी गर्न नासु दाहालले विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा अख्तियारको टोली पाठ्क्रम केन्द्र पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।