काठमाडौ- सभामुख कृष्णबहादुर महराले नेपालको संविधानसँग बाँझिएका कानून तत्कालन संशोधन गर्न सरकारलाई आग्रह गरेका छन्।
_x000D_
_x000D_
राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा मंगलबार राजधानीमा आयोजित ‘ऐन कार्यान्वयन मापन तथा अध्ययन अनुसन्धान सम्बन्धि एक दिने गोष्ठी’ को उद्घाटनमा सभामुख महराले संविधानसँग बाँझिएका २ सय कानून भएको हुँदा तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका छन्।
_x000D_
_x000D_
'संविधानसँग बाँझिएका कानून एक वर्षभित्र संशोधन गर्नुपर्ने व्यवस्था छ, दुई सय कानून संविधानसँग बाँझिएका छन्, छिटोभन्दा छिटो संसद्मा आओस्,' उनले भने।
_x000D_
_x000D_
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले नयाँ संविधान अनुसार बनेका नयाँ १ सय २४ र पुराना ३ सय ३९ कानून नयाँ संविधानअनुसार संशोधन गर्नुपर्ने जरुरी भएको बताए।
_x000D_
_x000D_
उनले आम नागरिकलाई सम्बोधन गरेर बनाइएका कानून प्रभावकारी भए/नभएको अध्ययन गर्न जरुरी भएको उल्लेख गरे।
_x000D_
_x000D_
कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले समयअनुसार कानून निर्माण गर्नुपर्ने उल्लेख गर्दै कानून लागू गर्न र अप्ठ्यारो परेर दबाब आएमात्रै कानून संशोधन गर्ने चलन सही नभएको बताए।
_x000D_
_x000D_
उनले निर्माण भएका कानून सही रुपमा कार्यान्वयनमा आएको वा नआएको वा समयअनुकूल कानून परिमार्जन गर्नुपर्ने कुरामा सँधै ध्यान दिनुपर्नेमा जोड दिए।
_x000D_
_x000D_
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एउटा कानून १८–२० चरण प्रक्रिया पार गरेर बनाउनुपर्ने भएको हुँदा कानून बनाउनु पूर्व नै समाजमा त्यो कानून उपयुक्त वा समायाकूल हुने वा नहुने कुरामा अध्ययन गर्न जरुरी भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।