काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सहाराविहीन बालबालिकाका लागि उच्च शिक्षा हासिल गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
_x000D_
_x000D_
वरिष्ठ नेता नेपालले बालगृहमा अध्ययन गरेका सहाराविहीन बालबालिकाका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)मा छुट्टै कोटाको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
_x000D_
_x000D_
मंगलबार एक बालगृहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले लोक कल्याणकारी काम गर्ने दायित्वप्रति सचेत रहन पनि सरकारलाई आग्रह गरे।
_x000D_
_x000D_
वरिष्ठ नेता नेपालले मुलुकलाई समृद्ध बनाउन सबैले इमान्दारिताका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याए। उनले देश समृद्ध भएमात्रै सहाराविहीन नागरिकले राज्यबाट राहत पाउनेतर्फ पनि सबैको ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।