काठमाडाैं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले हिउँदे अधिवेशन छिट्टै बोलाउन लागिएको जानकारी दिएका छन्।
_x000D_
_x000D_
मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले काठमाडौंमा आयोजना गरेको ‘ऐन कार्यान्वयन मापन तथा अध्ययन अनुसन्धान’ सम्बन्धि एक दिने गोष्ठीमा बोल्दै उनले हिउँदे अधिवेशनमा संविधानसँग बाँझिएका कानुन संशोधनको कामलाई अघि बढाउने गरी गृहकार्य भइरहेको स्पष्ट पारे।
_x000D_
_x000D_
मन्त्री ढकालले संसदको आगामी हिउँदे अधिवेशनमा साझा सूची र शान्ति प्रक्रियासँग सम्बन्धित कानुन निर्माणको कामलाई प्राथमिकतामा राखिएको पनि बताए।
_x000D_
_x000D_
मन्त्री ढकालले संविधान संशोधनलाई सहज बनाउन समितिले आयोजना गरेको सो गोष्ठी फलदायी हुने पनि व्यक्त गरे।
_x000D_
_x000D_
कार्यक्रममा महान्यायाधिवक्ता अग्नी खरेलले कानुन निर्माणसँग सम्बन्धित निकायहरुको काम, कर्तव्य र अधिकारबारे चर्चा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।