दोलखा– जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन्।
_x000D_
_x000D_
ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
_x000D_
_x000D_
हत्या गरेलगत्तै तामाङ फरार छन्। उनको खोजी भइरहेको प्रहरी निरीक्षक काफ्लेले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।