झापा– अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका झापाको गौरादह–१ का ३० वर्षीय महादेव राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार राजवंशीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत मोरङले २०७३ माघ १० गते १० वर्ष कैद र रु ५० हजार जरिवाना तोकेका थियो।
_x000D_
_x000D_
फैसला कार्यान्वयन टोलीले राजवंशीलाई पक्राउ गरी जिल्ला अदालत झापामा पेश गरेर कैद भुक्तानका लागि सोमबार कारगार चलान गरिएको प्रनाउ श्रेष्ठले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।