राजविराज– हत्या अभियाेगमा बाराको जितपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।
_x000D_
_x000D_
जितपुर सिमरा उपमहानगरपालिका वडा नं.७ बाट उनलाई प्रहरीले पक्राउ गरेकाे हाे।
_x000D_
_x000D_
उनी खप्परवाला बाबाको नामले परिचित छन्। भारतको देहरादुन घर भएका बाबाले गत शनिबार स्थानीय भुक्तेश्वरनाथको शिवमन्दिर नजिकै अपरिचित पुरुषको हत्या गरेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
उनले त्रिशुल प्रहार गरी हत्या गरेका थिए।
_x000D_
_x000D_
घटनाकाे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रन्जित सिंह राठौरले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।