काठमाडाैं– काठमाडाैंकाे मैतिदेवीमा गएराति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय एक युवक रहेका छन्।
_x000D_
_x000D_
दुर्घटनामा गम्भीर घाइते भएका उनकाे राष्ट्रिय ट्रमा सेन्टर महाकांलमा उपचारकाे क्रममा मृत्यु भएकाे महानगरीय प्रहरी वृत सिंहदरबारले जनाएको छ।
_x000D_
_x000D_
राति पाैने १२ बजे बा ८२ प ४८७६ नम्बरको स्कुटर अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएकाे थियाे।
_x000D_
_x000D_
मृत्यु हुनेकाे परिचय खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।