म्याग्दी– धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले आफूले जन्माएका तिम्ल्याहा शिशुको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गरेकी छन्।
_x000D_
_x000D_
परियारले सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्म दिएकी थिइन्। कमलाको स्वास्थ्य अवस्था सामान्य रहे पनि अति सघनकक्षमा राखिएका तीन बच्चाको उपचारका लागि आर्थिक समस्या भएको उनका श्रीमान् राजु परियारले बताए।
_x000D_
_x000D_
कमलाले जन्माएका एउटा छोराको तौल साढे तीन किलो, अर्को छोरोको तौल साढे दुई किलो तथा छोरीको तौल ८०० ग्राम रहेको छ।
_x000D_
_x000D_
तिम्ल्याहा बच्चाको उपचारका लागि टोल सुधार समितिले सोमबार हिलापोखरी, ताकम, शिवाङ र काफलडाँडामा घरदैलो गरी करिब ६० हजार जुटाएको समितिका अध्यक्ष राम्जी मल्लले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।