काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सामाजिक सुरक्षा दिवस नयाँ युगको सुरुवाती दिन भएको बताएका छन्।
_x000D_
_x000D_
पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले भने,' आजको दिनबाट सरकारले हुँदा खाने र हुने खाने,रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको छ। आजबाट सामाजिक सुरक्षाका योजनाहरु लागू भएको छ।'
_x000D_
_x000D_
उनले अघिल्लो पटक प्रधानमन्त्री हुँदा सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागु गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गरे। 'श्रमको सम्मान गर्ने,सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाज अनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी आजैबाट प्रवेश गर्दैछौं' प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीले देशवासीलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सुरक्षित भविष्यको शुभकामना पनि व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।