वासिङ्टन– अमेरिकी सीमा सुरक्षा बलले मेक्सिकोसँगको सीमा क्षेत्रबाट ४२ जना आप्रवासीहरुलाई नियन्त्रणमा लिएको छ।
_x000D_
_x000D_
सीमा सुरक्षा बलका प्रमुख रोड्नी स्कटले सोमबार दिएको जानकारीअनुसार सीमा पार गरेर अमेरिका आएकाहरुलाई पक्राउ गरिएको हो। ‘सिमाना नाघेर अमेरिका प्रवेश गरेका ४२ जनालाई नियन्त्रणमा लिइएको छ,’ स्कटले भने। उनले पक्राउ परेकामध्ये अधिकांश पुरुष रहेको पनि जानकारी दिए।
_x000D_
_x000D_
अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा विगत लामो समयदेखि दक्षिण अमेरिकी देशबाट आएका आप्रवासीहरुले अमेरिका प्रवेश गर्न प्रयास गरिरहेका छन्। आप्रवासीहरुलाई प्रवेश नदिने भन्दै ट्रम्प प्रशासनले भने सीमा क्षेत्रमा थप सुरक्षा बल तैनाथ गरेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।