बेइजिङ– अश्लील सामग्री तथा गैरकानुनी प्रकाशन नियन्त्रण गर्न चीनमा ५ लाख १० हजार भन्दा बढी कार्यालय स्थापना गरिएको छ।
_x000D_
_x000D_
त्यस्ता कार्यालयहरू सामुदायिक र कार्यस्थल तहमा स्थापना गरिएको अश्लीलता नियन्त्रण सम्वन्धी कार्यालयले जनाएको छ।
_x000D_
_x000D_
हानिकारक सोचाइ र क्रियाकलापलाई नियन्त्रण गरी सामाजिक सांस्कृतिक वातावरणलाई स्वच्छ बनाइराख्न ती कार्यालयहरूले महत्वपूर्ण भूमिका खेल्ने अधिकारीहरूले बताएका छन्।
_x000D_
_x000D_
चालु वर्ष २०१८ को पहिलो तीन त्रैमासिकमा अश्लील सामग्री तथा गैरकानुनी प्रकाशन अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै १० प्रतिशतले वृद्धि भएको छ। यसरी वृद्धि हुने प्रदेशमा झेजिआङ, जीआङसु, क्वाङतोङ, बेइजिङ र साङ्घाइलगायतका छन्।
_x000D_
_x000D_
कार्यस्थलमा स्वयम्सेवकहरुलाई खटाइएको र उनीहरुसँग युवादेखि वृद्धवृद्धासम्मले यसबारेमा कुराकानी तथा छलफल गर्ने गरेका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।