काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबारको लागि सारिएको छ।
_x000D_
_x000D_
केन्द्रीय सदस्यहरुको जिम्मेवारी तय गर्नका लागि सोमबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै एक दिन पर सारिएको हो।
_x000D_
_x000D_
बिहिबारदेखि जारी सचिवालय बैठकमा शनिबार केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने विषयमा छलफल भएको थियो। शनिबारको बैठकले जिम्मेवारीको टुंगो लगाउन नसकेपछि आइतबार पूर्व तयारी गरी आज निर्णय गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए।
_x000D_
_x000D_
मन्त्रिपरिषदको बैठकका साथै गृहकार्य नपुगेकाले बैठक मंगलबार बस्ने जनाइएको छ। सचिवालय बैठकले पोलिटव्युरो सदस्यको नाम भन्दा पहिलो केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने तयारी गरेको हो।
_x000D_
_x000D_
सचिवालयले प्रादेशिक कमिटीको नाम तय गरेको बताइएको छ। सचिवालयले तय गरेका नामलाई स्थायी समितिबाट अनुमोदन गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।