काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले दुई महिनाभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुने सम्भावना नरहेको दाबी गरेका छन्।
_x000D_
_x000D_
पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन आइतबार पार्टी कार्यालय सानेपा पुगेका महामन्त्री कोइरालाले थप गरिएको समयभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएका हुन्।
_x000D_
_x000D_
विधान विपरित पार्टी नेतृत्वले नेपाल विद्यार्थी संघको वर्तमान पदाधिकारीको समय थप्ने काम गरेको भन्दै विद्यार्थी नेताहरुले नेविसंघलाई विधान अनुसार चलाउन माग गरेपछि महामन्त्री कोइरालाले विद्यार्थीको मागमा ऐक्यबद्धता जनाउँदै थप गरिएको समयभित्र महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिए।
_x000D_
_x000D_
नेपाल विद्यार्थी संघको थप गरिएको कार्यकाल पनि सकिएपछि अघिल्लो केन्द्रीय समिति बैठकले वर्तमान पदाधिकारीको समय दुई महिना थप गरेको थियो। यसअघि विधानअनुसार नेविसंघको दुई वर्षमा महाधिवेशन गराउन नसकेपछि वर्तमान पदाधिकारीको समय ३ महिना थप गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।