एजेन्सी– ताइवान सरकारले समलिङ्गी विवाहलाई मान्यता नदिने भएको छ। समलिङ्गी विवाह गर्न पाउने र नपाउने विषयमा भएको जनमत संङग्रहमा विवाह गर्न नदिने विषयमा बढी जनमत प्राप्त भएपछि सरकारले यो व्यवस्थाका पक्षमा उठेको आवाजलाई स्वीकार नगर्ने भएको हो।
_x000D_
_x000D_
ताइवानको सर्वोच्च अदालतले गत वर्ष समलिङ्गी विवाहलाई मान्यता दिन आदेश दिए पनि शनिबार भएको जनमत सङग्रहले त्यसलाई अस्वीकार गरेको हो। गत वर्ष अदालतले दुई वर्षको अवधिमा विद्यमान कानुनलाई परिमार्जन गर्न ताइवानको संसदलाई आदेश दिएको थियो। तर, जनमत सङग्रहले त्यसलाई अस्वीकार गरेपछि अदालतको आदेशको औचित्यको विषयमा अन्योल उत्पन्न भएको छ।
_x000D_
_x000D_
ताइवानका राष्ट्रपति त्सई इंग–वेन यो मामिलामा भने मौन रहेकी छिन्। उनको मौनतालाई स्थानीय तहमा बेहोरेको पराजयसँग पनि जोडेर हेरिएको छ। राष्ट्रपतिको प्रजातान्त्रिक प्रगतिशील पार्टी (डिपिपी) ले सन् २०१४ मा जितेका स्थानमा पनि हालै भएको निर्वाचनमा आधाभन्दा बढी सिट गुमाएको छ।
_x000D_
_x000D_
उनी सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचन भएपछि ताइवानको चीनसँगको सम्बन्ध नकारात्मक छ। चीन सरकारले वेन र उनको सरकारसँग कुनै पनि विषयमा साझेदारी नगर्ने बताएको छ। सन् १९९२ मा चीनको केन्द्रीय सरकार र ताइवानको सरकारबीच भएको सहमतिलाई वेन सरकारले वास्ता नगरेको चीन सरकारको आरोप छ।
_x000D_
_x000D_
सन् १९९२ भन्दा अघि ताइवान जापानको उपनिवेशमा थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।