ताइपेह– ताइवानका राष्ट्रपति साई इङ–वेनको दल डेमोक्रेटिक प्रोग्रसिभ पार्टी (डिपीपी)ले स्थानीय निर्वाचनमा पराजय व्यहोरेको छ।
_x000D_
_x000D_
राष्ट्रपति साईले स्थानीय निर्वाचनमा आफ्नो दल डिपीपीको पराजयको जिम्मेवारी लिँदै दलको नेतृत्वबाट शनिबार राजिनामाको घोषणा गरेका छन्।
_x000D_
_x000D_
सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मैले आज आएको निर्वाचनको नतिजा पार्टी प्रमुखका हैसियतमा जिम्मेवारी लिँदै राजिनामा दिएको छु।’
_x000D_
_x000D_
‘हाम्रो प्रयास प्रयाप्त हुन नसकेका कारण पराजय भएको छ। दललाई सफल बनाउन हामीसँगै संघर्ष गरेका पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति कृतज्ञता प्रकट गर्दै दललाई सफल पार्न नसकेकोमा म क्षमायाचना गर्दछु,’ साइले भने। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।