तेहरान– विश्वभरका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एक बन्न शनिबार इरानी राष्ट्रपति हसन रौहानीले आग्रह गरेका छन्।
_x000D_
_x000D_
साउदी नागरिक तेहरानका ‘दाजुभाई’ भएको भन्दै तेहरानसँग नडराउन साउदी जनतासँग पनि रौहानीले अपिल गरे।
_x000D_
_x000D_
अमेरिकासहित बेलायत, जर्मनी, फ्रान्स, चीन र रुसले समेत हस्ताक्षर गरेको सम्झौताबाट गत मेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछि हटेको घोषणा गरेर इरानामथि कठोर आर्थिक प्रतिबन्धको घोषणा गरेपछि इरानले विश्वभरका मुसलमानलाई अमेरिकाविरुद्ध एक भएर अघि बढ्न आग्रह गरेको हो।
_x000D_
_x000D_
अमेरिकासँग उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)मा सहकार्य गर्दै आएका युरोपेली राष्ट्रहरु इरानसँगको सम्झौतामा प्रतिबद्ध रहने भनेपछि अमेरिका उक्त विषयमा युरोपबाट एक्लिएको छ।
_x000D_
_x000D_
तर, कतिपय युरोपेली कम्पनीहरू हाल आएर यसमा अडिग रहँदा अमेरिकासँगको सम्बन्धमा असर पर्ने आशंकाले चिन्तित देखिन्छन्।
_x000D_
_x000D_
‘अमेरिकाले हाल मध्यपूर्वलाई दास बनाउन खोजेको छ,’ इरानी राष्ट्रपति रौहानीले तेहरानमा आयोजित मुसलमान एकता सभालाई सम्बोधन गर्दै बताए।
_x000D_
_x000D_
इजरायललाई मुसलमान समुदायमा क्यान्सर रोगको ट्युमरको सज्ञा दिँदै उनले भने, ‘अपराधीलाई रातो कार्पेट विछ्याइदिनुभन्दा मुसलमान सरकारहरू एक भएर अमेरिकाको विरोध गर्नु आजको आवश्यकता हो।’
_x000D_
_x000D_
उनले सिया समुदायको सुन्नी प्रतिस्पर्धी साउदी अरबलाई अमेरिकाबाट लिने सैन्य सहयोग त्याग्न अनुरोध गरे। ‘हामी साउदी अरबको हितका लागि सुरक्षा दिन तथा आतङ्कवाद र महाशक्तिसँग सम्पूर्ण मुसलमानको शक्तिलाई एकबद्ध गर्न नेतृत्व गर्न तयार छौं,’ रौहानीले भने।
_x000D_
_x000D_
प्रसिद्ध सिया धर्मगुरुलाई मृत्युदण्ड दिएको घटनापछि साउदी अरबको इरानस्थित कुटनीतिक नियोगमा भएको इरानी मुसलमानले गरेको आक्रमणसँगै रियादले सन् २०१६ को जनवरीदेखि कुटनीतिक सम्बन्ध तोडेको छ। साउदी अरबले खाडी मुलुकका सियाहरूलाई विवादमा फसाएको भन्दै इरानमाथि आरोप लगाउँदै आएको थियो।
_x000D_
_x000D_
त्यसपछि रियाद र तेहरानले यमन र सिरियामा भएको गृहयुद्धमा परस्पर विरोधी समूहलाई सघाउन थालेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।