काठमाडाैं– काठमाडाैंकाे तीनकुनेमा शनिबार दिउँसाे छुरा प्रहार गरी हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं टोखाका महेश परियार र हेटौंडाका मनिष बानियाँलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए।
_x000D_
_x000D_
छुरा प्रहारबाट घाइते भएका मोरङ ऊर्लाबारीका २७ वर्षीय बिकी लिम्बूको उपचारकाे क्रममा ज्यान गएकाे थियो।
_x000D_
_x000D_
दिउँसाे तीनकुनेकाे गैरीगाउँमा छुरा प्रहारबाट घाइते भएका अनिल श्रेष्ठकाे वीर अस्पतालमा उपचार भइरहेकाे महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएकाे छ।
_x000D_
_x000D_
प्रहरीले घटनाकाे अनुसन्धान गरिरहेकाे प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए।
_x000D_
_x000D_
यस्तो छ प्रहरीले जारी गरेको प्रेस विज्ञप्ति
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।