काठमाडौं- नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले बुधबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेसँगै उनले पहिलो दिन नै दुई फाइल सदर गरे।
सहरी स्वास्थ्य नीति सम्बन्धी संशोधन फाइल र २५८ भवन निर्माण सम्बन्धी अर्को फाइलमा उनले हस्ताक्षर गरेका हुन्।
शेरबहादुर देउवा नेतृत्वको सरकारबाट माओवादी मन्त्रीहरुलाई बिनाविभागीय बनाइएपछि बोहरा मंगलबार स्वास्थ्य मन्त्री नियुक्त भएका हुन्। राप्रपा प्रजातान्त्रिकका बोहरा यसअघि देउवा सरकारकै पालामा विज्ञान तथा प्रविधि मन्त्री थिए। बोहरा पशुपति शमशेर राणा नेतृत्वको राप्रपाका संसदीय दलका नेता तथा पार्टीका उपाध्यक्ष हुन्। उनी अघिल्ला मन्त्रिपरिषद्मा पटकपटक वनमन्त्री भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।