सिराहा– विप्लव पार्टीका रोल्पाली नेता इन्द्रकुमार घर्ती शुक्रबार सिराहाबाट चन्दा रकमसहित पक्राउ परेका छन्। उनलाइ चन्दा उठाउँदै गर्दा पक्राउ गरेको सिरहाका एसपी जीवन श्रेष्ठले बताए।
_x000D_
_x000D_
प्रहरी टोलीले उनलाई ३१ हजार ९ सय रुपैयाँसहित चन्दादाताहरूको नाम तथा रकम उल्लेख भएको डायरीसहित पक्राउ गरेको हो।
_x000D_
_x000D_
४० वर्षीया घर्ती रोल्पा राङकोट गाउँपालिका ५ धनथानाका स्थानीय हुन्।
_x000D_
_x000D_
उनी विप्लव नेकपाका विशेष ब्यूरो कमिटी सदस्य तथा मगर मुक्तमोर्चा नेपालका केन्द्रीय महासचिव समेत हुन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।