सुर्खेत– जिल्लाको सुदूर पूर्वीक्षेत्रको सिम्ता गाउँपालिकामा बिहीबारदेखि सञ्चालन भएको एकिकृत घुम्ती शिविरमा २ हजार २ सय २० सेवाग्राही लाभान्वित भएका छन्।
_x000D_
_x000D_
उक्त गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालन गरिएको गरिएको दुई दिने शिविरमा ३ सय ८६ ले नागरिकता, ४ सय १५ ले मतदाता परिचयपत्र, ३ सय ९० ले पशुसेवा, ४ सय ३५ ले कृषिसेवा, ५ सय ७१ ले स्वास्थ्य सेवा र २३ ले ज्येष्ठ नागरिक परिचयपत्र प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष कवीन्द्र केसीले बताए। 'शिविरमै हामीले एकिकृत सार्वजनिक सुनुवाइसमेत गरेका थियौँ', उनले भने, 'यसले नागरिकलाई जिल्ला तथा स्थानीय सरकारको विकासको गतिविधि थाहा पाउन सहज भएको छ।'
_x000D_
_x000D_
शिविरमा नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टरले विपत् व्यवस्थापनसम्बन्धी वृत्तचित्र प्रदर्शन गरेको थियो भने जिल्ला प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसा, लागुऔषध दुर्व्यसनी, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण, मानव बेचबिखन, बाल हिंसा र साइबर अपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको थियो।
_x000D_
_x000D_
अध्यक्ष केसीका अनुसार सबै सेवा प्राप्त नहुने स्थितिमा एकिकृत शिविरबाट जनताले सोचेभन्दा बढी सेवा पाउँदा उनीहरु खुशी भएका थिए।
_x000D_
_x000D_
शिविरमा सुर्खेत जिल्ला प्रशासन, जिल्ला निर्वाचन, जिल्ला प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, मेहलकुना अस्पताल, उक्त गाउँपालिकामा रहेका कृषि, पशु, शिक्षा, महिला तथा बालबालिका एकाइको पनि सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।