होडैडा– यमनमा द्वन्द्वरत पक्षलाई यमनको महत्वपूर्ण बन्दरगाह सहर होडैडामा ‘शान्ति कायम गर्न’ शुक्रबार यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्सले आग्रह गरेका छन्।
_x000D_
_x000D_
विश्वको ध्यान केन्द्रित भएको यमनको बन्दगाह सहर होडैडाको पहिलो भ्रमणपछि ग्रिफिथ्सले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।
_x000D_
_x000D_
'विश्वका प्राय: सबै मुलुकका नेताहरूले राष्ट्रसंघलाई होडैडामा शान्ति कायम गर्न अनुरोध गरेका छन्,' उनले भने।
_x000D_
_x000D_
यमनको शान्तिका लागि तय गरिएको शान्तिवार्ताको आधार तयार गर्न राष्ट्रसंघका विशेष प्रतिनिधि त्यहाँ पुगेका छन्।
_x000D_
_x000D_
यमनमा इरान निकट मानिने हुथी विद्रोही र साउदी अरब नेतृत्वको सरकार पक्षधर समूहबीच सन् २०१५ को मार्चमा सुरू भएको द्वन्द्वमा परि कम्तीमा १० हजार नागरिकको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।
_x000D_
_x000D_
तर, यहाँ कार्यरत मानव अधिकार समूहले भने यमनी युद्धमा परि ज्यान गुमाउने नागरिकको संख्या ६ गुणा बढी भएको जनाएका छन्।
_x000D_
_x000D_
संयुक्त राष्ट्रसंघले यमन द्वन्द्वको प्रभावका कारण यहाँका बालबालिका नराम्रोसँग प्रभावित बनेको जनाएको छ।
_x000D_
_x000D_
बिहीबारको समाचारमा यमनमा करिब ८५ हजार बालबालिकाले चरम भोकमरीको समस्या झेलेको बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।