अफगानिस्तान– पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परि १२ जनाको मृत्यु भएको छ।
_x000D_
_x000D_
पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिए।
_x000D_
_x000D_
'सैनिकहरू रहेको मस्जिदमा आक्रमण भएको हो, जहाँ ठूलो संख्यामा पूजाका लागि धर्माबलम्बी आएका थिए,' उनले भने।
_x000D_
_x000D_
उनले थपे, 'घटनामा परि१२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका छन्।' सरकारी अधिकारीहरुले घटनाका बारेमा थप बताउन सकेका छैनन्।
_x000D_
_x000D_
कतिपयले घटनाका बारेमा बुझ्दा आत्मघाती आक्रमण भएको विश्वास गरेका छन्।
_x000D_
_x000D_
तालिवान लडाकूहरुले घटना गराएको सरकारी अधिकारीहरुको आरोप रहे पनि तालिवान लडाकूहरुको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन।
_x000D_
_x000D_
स्थानीयले घटनामा परि मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरेका छन्।
_x000D_
_x000D_
प्रान्तीय स्वास्थ्य विभागका प्रमुख गुल अहमद शाहले ४० जनालाई अस्पतालमा उपचार गराइएको पुष्टि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।