लुम्बिनी– बुुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ।
_x000D_
_x000D_
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले लुम्बिनी विकास कोष क्षेत्र तथा लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रलाई बुद्धधर्म अन्तर्गतको पञ्चशील क्षेत्र घोषणा गरेका हुन्।
_x000D_
_x000D_
बुद्धधर्ममा पञ्चशील भन्नाले हिंसा नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने, व्यभिचार नगर्ने र नशालु पदार्थ सेवन नगर्ने प्रणलाई लिइन्छ जुन, सामानय बौद्धहरुहले पालना गर्नुपर्ने न्यूनतम नियम हुन्।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले विश्वभरीका बौद्धमार्गी आउने यस ठाउँमा आउने बित्तिकै मासु झुण्ड्याएको देखिनु अशोभनीय भएको बताउँदै मासु, मदिरा लगायतका वस्तुहरूको बेचविखनमा प्रतिबन्ध लगाइने गरी पञ्चशिल क्षेत्रको घोषणा गरिएको बताए।
_x000D_
_x000D_
उनले लुम्बिनीलाई बुद्धको जन्मभूमि मानेर मात्र पर्यटक आउने भएकाले त्यसै अनुसारको धर्मिक वातावरण बनाउन आवश्यक रहेको बताउँदै निर्णय कार्यन्वयनमा लाग्न सबैलाई आग्रह गरे।
_x000D_
_x000D_
लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी, भिक्षु मैत्री महास्थवीर लगायतले लुम्बिनी क्षेत्रमा पञ्चशीलको पालना गर्नु जरुरी रहेको बताएका थिए।
_x000D_
_x000D_
कार्यन्वयनमा अशंका
_x000D_
मन्त्री अधिकारीको उपस्थितिमा भएको पञ्चशील कार्यक्रममा मुस्किलले २५÷३० जनाको सहभागिता थियो। त्यो सहभागिता पनि कोषका कर्मचारी, नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र बिहार क्षेत्रका व्यक्तिहरूको मात्र थियो।
_x000D_
_x000D_
लुम्बिनी स्थित शान्ति दीप अगाडि मन्त्री अधिकारीले लुम्बिनीमा पञ्चशिल क्षेत्र घोषणा गर्दा कार्यक्रममा बल्ल तल्ल ५० जना जतिको सहभागिता रहेको थियो।
_x000D_
_x000D_
लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरेको लुम्बिनी विकास कोषले स्थानीय होटल व्यवसायी, मासु व्यवसायी तथा मदिरा व्यवसायीलाई भने कुनै जानकारी दिइएको थिएन।
_x000D_
_x000D_
लुम्बिनीका स्थानीय बासिन्दा एवम् प्रदेश ५ का सांसद फकरुद्धिन खानले स्थानीय सरोकारवालासँगको छलफल तथा प्रारम्भिक तयारी बिना घोषणा गरिएको भन्दै कार्यन्वयन समस्या हुने बताए।
_x000D_
_x000D_
उनले कार्यक्रम घोषणा गर्नुभन्दा कार्यान्वयन गर्नु चुनौती भएकाले तयारी बिना गरिएका कार्यक्रमले राम्रो परिणाम नदिने बताए।
_x000D_
_x000D_
सिद्धार्थ उद्योग बाणिज्य संघका सदस्य एवम् लुम्बिनीका होटल व्यवसायी गोबिन्द ज्ञवालीले कार्यक्रम स्वागतयोग्य भएपनि कार्यन्वयन हुनेमो शंका व्यक्त गरे। ‘कार्यान्वयनका लागि यस क्षेत्रका सबैसँग एक दुई पटक छलफल र राय लिनु पर्दथ्यो,’ उनले भने, ‘स्थानिय सरोकारवाला पक्षको छलफल र उपस्थित बिना घोषणा गरिएको कार्यक्रम घोषणामा मात्रै सिमित हुन बेर लाग्ने छैन्।’
_x000D_
_x000D_
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेश त्रिपाठी)ले नगरपालिकाका मेयर तथा वडा अध्यक्षसँग कोषले दुई चरणमा गरेको लामोे छलफल र सहमतिको आधारमा लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको बताए।
_x000D_
_x000D_
उनले लुम्बिनी छिर्ने बित्तिकै खुल्ला रुपमा गरिने काटमारले विश्वमाझ नकारात्मक सन्देश गएकाले लुम्बिनीलाई वास्तवमै शान्ति क्षेत्रको रुपमा विकास गर्न घोषणा गरिएको बताए।
_x000D_
_x000D_
उनले पञ्चशीलको पालनाले हिंसाको अन्त्य भई समाज सुधार हुने आशा व्यक्त गरे। ‘बुद्धको जन्मभुमि अत्यन्तै पवित्र भूमि हो, यहाँ हिंसा हुनु अशोभनीय हुन्छ,’ उनले भने, ‘हत्या, हिंसा, चोरी, व्यभिचार र मदिरापानमा रोक लगाउदा लुम्बिनीको गरिमा बढछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।