बनेपा– काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा १८ जना घाइते भएका छन्।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट नमोबुद्धतर्फ जाँदै गरेको बा१ख ९३९४ नंको मेहन्द्रा निशान अनियन्त्रित भई धुलिखेल नगरपालिका–९ पीपलबोटमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
_x000D_
_x000D_
नमोबुद्ध दर्शनका लागि जाँदै गरेको गाडी अनियन्त्रित भई पल्टिँदा घाइते मध्ये १० जना उपचारपश्चात् घर फर्किसकेका र बाँकी ७ को धुलिखेलस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
दुर्घटनापश्चात् फरार गाडी चालकको खोजी भइरहेको र गाडी प्रहरी नियन्त्रणमा रहेको छ।
_x000D_
_x000D_
यसैबीच आज दिउँसो धुलिखेल नगरपालिका–४, स्थित मिराबेल चोकमा बनेपातर्फ गइरहेको बा९१प ३९२५ नंको स्कुटीलाई सोही दिशातर्फ गइरहेको बा८९प ८५६७ नंको स्कुटीले ठक्कर दिँदा बा९१ प ३९२५ नंको स्कुटीमा सवार भक्तपुर, सूर्यविनायक नगरपालिका–७ बस्ने २६ वर्षीया सम्झना कोर्जु घाइते भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।