पोखरा– अवैध रुपमा विदेशी मुद्राको कारोबार गर्ने भारतीयसहित दुई जनालाई कास्की प्रहरीले आज पक्राउ गरेको छ।
_x000D_
_x000D_
पक्राउ गर्नेमा भारत बम्बई महाराष्ट्रका विनायककुमार बाबुलाल शाह र काठमाडाैं महानगरपालिका–३५ की चन्दा थापा रहेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङका अनुसार पर्यटकीयस्थल लेकसाइडको एक होटलबाट पक्राउ परेको उनीहरुका साथबाट अमेरिकी डलर २० हजार, भारतीय रुपैयाँ ९५ हजार ५५, इंल्याण्ड पाउण्ड १० तथा युरो २ हजार ३ सय ५० र नेपाली मुद्रा २४ हजार ८ सय ५ गरी कूल ३१ लाख २८ हजार ७ सय ९ रुपैयाँ बरामद गरिएको छ।
_x000D_
_x000D_
वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीको नेतृत्वमा खटिएको टोलीले उनीहरुका साथबाट डलरसँगै डेल कम्पनीको ल्यापटप एक थान, एमआई कम्पनीको एण्ड्रोइड मोबाइल एक, विभिन्न बैंकको एटिएम ६, चेकबुक ४, सोनी कम्पनीको पेन्ड्राइभ एक र शाह तथा थापाको राहदानी एक–एक थानसमेत बरामद गरेको छ।
_x000D_
_x000D_
अभियुक्तलाई आजै आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग काठमाडाैं पठाइएको प्रवक्ता गुरुङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।